Tuesday, October 16, 2012

प्रहरी दिवस २०६९ को अवसरमा गरिएका प्रहरी गतिविधि-Nepal Police Activities

   ५७ औं प्रहरी दिवस २०६९ को उपलक्ष्यमा प्रहरी दिवसको दोश्रो दिन आज मिति २०६९।६।२९ गते विभिन्न कार्यक्रम गरी मनाईने क्रममा निम्नानुसारका कार्यक्रमहरु गरी प्रहरी दिवस मनाईएको ।
  •  ०७:३० बजेको समयमा पोखरा ६ बैदाम स्थित केदारेश्वर मन्दिर परिसरमा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा प्रमुख प्र.ना.म.नि. राजेन्द्र सिंह भण्डारीको प्रमुख आतिथ्यतामा विभिन्न प्रजातिका ३०० वटा विरुवाहरु रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा पोखरा स्थित विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानिय समाजसेवी, आमा समूह, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
  • प्रहरी दिवसकै अवसरमा पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणबाट खटिई गएको प्रहरी टोलीले विन्दवासिनी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । उक्त सरसफाई कार्यक्रममा पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराबाट प्र.स.नि. खगेन्द्र वि.सी.को कमाण्डमा खटिई गएको २० जनाको प्रहरी टोलीले बिहान ०८:०० बजे बाट विन्दवासिनी मन्दिर परिसरमा रहेको फोहोर सरसफाई तथा संकलन गरी व्यवस्थापन गरेको थियो, उक्त कार्यक्रममा विन्दवासिनी धार्मिक क्षेत्र विकास  समितिका पदाधिकारीहरु समेत उपस्थिति रहेको सरसफाई कार्यक्रम बिहान ०९:३० बजे सम्पन्न भएको थियो ।
  • पोखरा ६ बैदाम स्थित तालवाराही मन्दिर वरपर फेवातालमा अशोभनिय देखिने गरी फैलिएको जलकुम्भी झार नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका प्रहरी निरीक्षक रवि प्रताप यादवको कमाण्डमा खटिएको प्रहरी टोली, सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम लगायत ६० जना प्रहरी कर्मचारीले १५ वटा डुंगाको सहायताबाट ११:३० बजे देखि जलकुम्भी झार सरसफाई कार्य गरी ३:०० बजे समाप्त भएको । उक्त कार्यक्रममा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्र.ब.उ. रोमेन्द्र सिंह देउजाको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र बैदाम, बगर, लेखनाथ, पृथ्वीचोकका पदाधिकारीहरु, स्थानीय समाजसेवी, फेवा डुंगा व्यवसायी समितिका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो । सरसफाई कार्यक्रममा तालवाराही मन्दिर वरपर फैलिएको अं. २ ट्रक जलकुम्भी झार निकाली ताल सरसफाई गरिएको ।
    जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.