Friday, October 19, 2012

पोखरामा लागू औषध सहित मानिस पक्राउ-Man Arrested with Drugs in Pokhara

    पोखरा – रामबजार एरियामा लागू औषध विक्री वितरण तथा सेवन गर्दछन भन्ने विशेष सुराकीको आधारमा मिति २०६९।०६।३० गते वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा १० उत्तमचोक स्थित सडकमा हिडी रहेको अवस्थामा चेकजाँच गर्ने क्रममा निम्न व्यक्तिहरुको साथबाट नाईट्रोसन चक्की १६ थान, फेनरागन ईन्जेक्सन ४८ थान, नर्फिन ईन्जेक्सन ४८ थान, डाईजापाम ईन्जेक्सन ४८ थान सहित पक्राउ गरिएको । निजहरुलाई लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।
पक्राउमा परेका व्यक्तिहरु:
  1. जि. कास्की मिजुरेडाँडा गा.वि.स. वडा नं. ८ घर भै हाल पोखरा १२ माटेपानी  बस्ने वर्ष २४ को काले तमु  भन्ने ईन्द्र बहादुर गुरुङ्ग ।
  2.  जि. चितवन जुटपानी घर भै हाल पोखरा १३ वाझापाटन बस्ने वर्ष २४ को सौरभ गुरुङ्ग ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.