Wednesday, October 31, 2012

लागु औषध फेन्सिडिल सहित पक्राउ -Crime News

अपराध गतिबिधी
दशै तथा दिपावलीको अवसरमा चालिएको सुरक्षा चेकिङको क्रममा यस जिल्ला अन्तर्गत जि.कास्की ले.न.पा. स्थित पृथ्वीराजमार्ग सडकमा कुकुर द्वारा चेकिङ गर्ने क्रममा भैरहवाबाट पोखरा तर्फ आई रहेको ना १८७९ नं. को बस चेकजांच गर्ने क्रममा लागु औषध फेन्सिडिल ५२ सि.सि. बरामद गरी सो ला.औ.खरिद गरि मगाउने जि.कास्की दाङसिङ गा.बि.स.वडा नं.( घर भई पोखरा उ.म.न.पा.वडा नं.( नयाबजार बस्ने बर्ष(३९ को बाबुराम गुरुङलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको

लागु औषध नाईट्रोसन सहित पक्राउ
 मिति २०६९/०७/१२ गते ११:०० बजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० अम्मरसिह चोकमा जि.कास्की घाचोक गा.बि.स.वडा नं.( बस्ने बर्ष(३८ को अजय भन्ने दिपक गुरुङलाई संकित अवस्थामा फेला पारी सरिर खानतलासी लिंदा निजको साथबाट ला.औ.नाईट्रोसन २८० चक्की बरामद एबं पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट म्यादथप अनुमती लिई लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भई रहेको  

फरार प्रतिबादी पक्राउ
प्रहरी प्रतिबेदन जाहेरीले बादी नेपाल सरकार प्रतिबादी कुबेर सिंह पुन समेत भएको हातहतियार खरखजना मुद्दामा तत्काल फरार रहेका प्रतिबादी मध्येका जि।स्याङजा चिलाउनेबास गा।बि।स।वडा नं.( घर भई जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.( नागढुङगा बस्ने नरेन्द्र बहादुर गुरुङलाई मिति २०६९/०७/१३ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा आवस्यक कारबाहीको लागि पठाईएकोमा निजलाई उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीको फैसला अनुसार बर्ष कैद ठेकिए अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशले सो अबधी भुक्तान गर्न कारागार कार्यालय कास्कीमा चलान गरिएको

जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा  
मिति २०६९।०७।१४ गते                                                         

No comments:

Post a Comment

Please, comment about this article.