मिति २०६९/७।/ गते १:०० बजेको समयमा यस कार्यालय मातहत वडा प्रहरी कार्यालय गगनगौडा कास्कीको नवनिर्मित भवनको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्र.ना.म.नि. श्री राजेन्द्र सिंह भण्डारीले समुदघाटन गर्नु भयो, स्थानीय जनसहभागितामा संकलित रु. १४,५१,००० (अक्षरुपी चौध लाख एकाउन्न हजार मात्र) र प्रहरी कर्मचारीहरु समेतको श्रमदानबाट उक्त ६ कोठे भवनको निर्माण भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्र.ना.म.नि. श्री राजेन्द्र सिंह भण्डारीले उक्त समारोहलाई सम्बोधन गर्नु हुँदै जनसहभागितामा अति छाटो समयमा निर्मित भवनले प्रहरी र जनताको सहकार्यमा जस्तोसुकै कठिन कार्य पनि सहज रुपमा सम्पन्न गर्न सकिने तथा उक्त कार्य सहनीय एवं उदारहणीय रहेको भन्नु भयो, यसै गरी विशेष अतिथिको रुपमा उपस्थित प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमले जनता र प्रहरीको सम्बन्ध नङ्ग र मासुको जस्तै हुनु पर्ने र हालसालै निर्माण भएको उक्त भवनले यस क्षेत्रको शान्ति सुरक्षाको स्थितिलाई प्रभावकारी बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भएको थियो ।
भवन निर्माण समितिका अध्यक्ष मिन बहादुर के.सी.को सभापतित्वमा भएको उक्त कार्यक्रममा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्र.ब.उ. रोमेन्द्र सिंह देउजा, प्रहरी अधिकृतहरु, स्थानीय संघ संस्थाका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, आमा समूह, पत्रकार एवं स्थानिय जनताको उपस्थिति रहेको थियो ।
उक्त भवन निर्माण कार्यको मिति २०६९/५/२५ गते यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले शिलान्यास गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्की
No comments:
Post a Comment
Please, comment about this article.