Sunday, September 9, 2012

Different Incident ( 2069-5-24)-भैसी चोरी गर्ने प्रहरी द्धारा पक्राउ

 मिति २०६९/५/२३ गते साँझ चराउन भनी फुकाई लगेको पोखरा – १७ घारीपाटन बस्ने मिना तिमिल्सीनाको भैसी १ निम्न व्यक्तिहरुले चोरी गरी ऐ. २३  गते पोखरा ७ रत्नचोकमा विक्री गर्न भनि लागेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले निजहरुलाई भैसी सहित फेला पारी पक्राउ गरिएको । निजहरु विरुद्ध चोरी मुद्धामा आवश्यक अनुसन्धान कारवाही भईरहेको, उक्त भैसी हाल भैसी धनीको जिम्मा लगाईएको ।

पक्राउमा परेका व्यक्तिहरु:
  • जि. कास्की पोखरा ८ सृजनाचोक बस्ने वर्ष २४ को पुकार मानन्धर ।
  •  जि. दोलखा डाँडाखर्क १ भई पोखरा बस्ने वर्ष २३ को रमेश थापा ।
  • जि. सिन्धुपाल्चोक ठकनी ७ घर भै पोखरा बस्ने वर्ष २१ को किरण तामाङ्ग ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.