मिति २०६९/५/२१ गते पोखरा १ सिम्पानीमा वडा
प्रहरी कार्यालय बगरबाट प्र.ना.नि.
गिरी राज अर्यालको कमाण्डमा खटिएको टोलीले संकित व्यक्तिहरुको शरिर तलासी लिने क्रममा जि. कास्की
पोखरा १ बस्ने वर्ष २१ को लक्ष्मण गुरुङ्गले शरिरमा लुकाई राखेको अवस्थाको लागू औषध बुप्रि नर्फिन २७
थान, डाईजापाम ३३ थान र फेनरागन ३३ थान सहित पक्राउ
गरिएको । अनुसन्धानको क्रममा उक्त
लागू औषध निजले पोखरा २ अर्चलवोट बस्ने वर्ष २१ को उमेश पुन सँग खरिद गरेको भनि खुल्न आए अनुसार निजलाई समेत
मिति २०६९/५/२१ गते पक्राउ गरिएको । पक्राउमा परेका दुवै व्यक्तिहरुलाई लागू औषध मुद्धामा अनुसन्धान
कार्य भईरहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.