सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको आयोजना, शान्तिदिप समाज पोखरा १६ को व्यवस्थापनमा पोखरा १६ शान्तिदिपमा रहेको शान्तिदिप समाज घरमा लागु औषध तथा नागरिक सुरक्षा सम्बन्धि नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
सामुदायिक सेवा केन्द्र बगरका सचिव श्री गिरी प्रसाद गुरुङ्गको संयोजकत्व, शान्तिदिप समाज पोखरा १६ का अध्यक्ष श्री क्या. तेज बहादुर गुरुङ्गको अध्यक्षता, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठ र सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका नि.व. अध्यक्ष श्री सीता गुरुङ्गको बिशेष आतिथ्यता र वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्र.नि. श्री भुवनेश्वर तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नजिकिंदै आईरहेको चाडपर्व हरुको अवसरमा शान्त र स्वच्छ समाजलाई आवश्यक पर्ने सामाजिक सुरक्षा, व्यक्तिगत सुरक्षा, दुव्र्यसनमुक्त समाज, चोरी ठगीबाटबच्ने उपायहरु, सवारी अनुशासन, अपहरणकारीबाट जोगिने उपायहरु, पर्यटकको सुरक्षा, चाडपर्वहरुलाई तडक भडक रहित बनाउने प्रतिबद्धता, चाडपर्वमा सुरक्षा निकायको सुरक्षा योजना लगाएतका बिषयहरुमा शान्तिदिप टोल बिकास संस्थाका अध्यक्ष मिन बहादुर गुरुङ्ग, मनोज परियार लगाएतका सहभागिहरुले आ–आफ्ना जिज्ञांसाहरु राख्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठ, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका नि.व. अध्यक्ष एव्म बगरका संस्थापक अध्यक्ष श्री सीता गुरुङ्ग र वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्र.नि. श्री भुवनेश्वर तिवारीले सहभागिले राखेको जिंज्ञासांको जवाफ दिंदै भावि सुरक्षा योजना एवम् बिकृति बिसंगतिमुक्त चाडपर्व मनाउनको लागि राखिएका भावि कार्यक्रमहरुको वारेमा जानकारी दिनुभएको थियो ।
शान्तिदिप समाज पोखरा १६ का सचिव सु. श्री बिर बहादुर गुरुङ्गले संचालन गर्नुभएको कार्यक्रममा ९५ जनाको सहभागिता रहेको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.