नागपञ्चमीको अवसर पारेर पोखरा उपमहानगरपालिका वडा नं.१७ रातोपैह्रोमा नागको मूर्ति स्थापना गरिएको छ । दिवंगत घनश्याम तथा राजकुमारी ठुसाजुको स्मृतिमा उहाँका छोराहरु लक्ष्मी, नारायण तथा ध्रुव ठुसाजुले नागको मूर्ति स्थापना गर्नुभएको हो ।
रातोपैह्रोका स्थानीयबासिन्दाले विगत कैयन वर्षदेखि नागको पूजाआँजा गर्दै आइहरेका छन् । नागपञ्चमीका दिनमा नागको पूजा नगरेमा रातोपैह्रो क्षेत्रमा नाग प्रकट भई दुःख दिने गरेको स्थानीय बासिन्दा बताउँछन् । मूति निर्माणमा सक्रिय ध्रुव ठुसाजुका अनुसार नागको पूजा गरेमा सबै राम्रो हुने र मनोकांक्षा पूरा हुने विश्वासमा स्थानीय बासिन्दाले विगतदेखि नै पूजाआँजा गर्दै आएका हुन् ।
ठुसाजु दम्पत्तीका कान्छा छोरा ध्रुवले आफ्नै मेहनत तथा परिश्रमले निर्माण गरेको ६ फिट अग्लो नागको मूतिको मंगलबार नागपञ्चमीको दिन पारेर प्राणप्रतिष्ठा गरियो

No comments:
Post a Comment
Please, comment about this article.