![]() |
Lighting and Seti Flood Details ( kaski) |
१) चट्याङ:
(क) जि. कास्की पुम्दीभुम्दी गा.वि.स. २ स्थित बिश्व शान्ति स्तुपा नजिक डेरा गरी बस्ने वर्ष २२ को राजकुमार तामाङको कोठामा अचानक चट्याङ पर्दा सोही कारणले निज बेहोश भई निजका साथीहरुले उपचारको लागि प.क्षे. अस्पतालमा ल्याएको, ICU मा राखी उपचार भईरहेको, अवस्था गम्भिर ।
(ख) जि. कास्की धिताल गा.वि.स. वडा नं.६ डडाली गाउंमा १९ः३० बजेको समयमा चट्याङ पर्दा निम्नानुसारको क्षती भएको ।
- जि. कास्की धिताल ६ बस्ने वर्ष ६० कि तुलसी ढुंगाना( गम्भिर घाईते
- ऐ.ऐ. बस्ने वर्ष ३४ को देवी प्रसाद ढुंगाना ( सामान्य घाईते
- ऐ.ऐ. बस्ने सदासर ढुंगानाको २ वटा भैसी मरेको ।
- ऐ.ऐ. बस्ने सिता ढुंगानाको १ वटा भैसी मरेको ।
- ऐ.ऐ. बस्ने कल्पना ढुंगानाको १ वटा भैसी मरेको ।
- ऐ.ऐ. बस्ने पुष्पराज ढुंगानाको १ वटा भैसी मरेको
- ऐ.ऐ. बस्ने हरिश्चन्द्र गौतमको राईस मिलको बिजुलीको मिटरबक्स क्षती भएको ।
Boat bat Resuce District Police Office Kaski |
|
Boat bat Resuce District Police Office Kaski |
|
२) बाढी:
(क) २०६९/३/२७ गते २३:३० बजेको समयमा पोखरा(१ गाईघाट स्थित याम्दी खोलामा बाढी आई ऐ.ऐ.मा रहेका सुकुम्बासी बस्तीका ६२ वटा घर हरु मध्यै ४ वटा घरहरुमा पानी पसेको, अन्य घरमा केही नभएको, त्यहां रहेका सम्पुर्ण मानिसहरुलाई यस र्कायालयबाट प्र.नि. रमेश प्रशाद श्रेष्ठ र व.प्र.का. बगरबाट प्र.नि. भुवनेश्वर तिवारीको कमाण्डमा प्रहरी टोली खटिई गई उद्दार गरी नजिकै रहेका घर, प्रतिक्षालय र पाटीहरुमा राखिएको, मानविय तथा चौपाया क्षती नभएको , ६२ वटै घर जोखिममा रहेका ।
(ख) मिति २०६९।३।२७ गते अपरान्ह देखि परेको अविरल र्वषाको कारण २०६९/३/२८ गते बिहान ०१:०० बजेको समयमा सेती नदीमा आएको बाढीले जि. कास्की पोखरा १० रामघाट स्थित सुकुम्बासी बस्तीमा रहेका अं. २०/२२ वटा घरहरु डुवानमा परेको भन्ने खवर प्राप्त हुना साथ यस र्कायालयबाट प्र.नि. रमेश प्रसाद श्रेष्ठ, व.प्र.का. रामबजारबाट प्र.ना.नि.को कमाण्डमा, नेपाल प्रहरीको प.क्षे.स.प्र.गण पोखराबाट प्र.स.नि.को कमाण्डको च्भकअगभ त्भबm सहित जम्मा ३५ जना तथा सशस्त्र प्रहरी बल कालिका गण र स्थानिय जनता समेत उद्दार कार्यमा संलग्न भएका, सो बाढीको कारणबाट जोखिममा परी ज्यान जोगाउनको लागि घरको छत र रुखमा चढी हार गुहार मागि बसेका व्यक्तिहरुलाई नेपाल प्रहरीको पहलमा फेवातालबाट डुंगा ल्याई डुंगाको सहयोगमा डुवानमा परेका ७ वटा घर परिवारका १६ जना बालबालिका र १३ जना बयस्क गरी जम्मा २९ जना मानिसहरुलाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा ल्याई राखिएको, उक्त उद्दार कार्य ०१ः१५ बाट शुरु भई ०३ः०० बजे सम्पन्न भएको, साथै डुवानको कारणबाट ७ घर परिवारका लत्ता कपडा तथा खाध सामाग्री क्षति भएको, केही बंगुरहरु समेत हराई रहेका, २९ वटा बंगुरको खोर भत्किएको, , २६ वटा घरहरु डुवानमा परेको, अन्य घरहरुका मानिसहरु केही समय अघि नै उक्त स्थान छाडि अन्यत्र गई बसेकाले अन्य थप मानवीय क्षती हुन नपाएको, सो घटनामा निम्न लिखित मानिसहरुलाई उद्दार गरिएको । (उद्दार सम्बन्धी फोटोहरु यसै साथ संलग्न रहेको !
- उद्धार गरिएका मानिसहरुको बिवरण:
- चन्द्र बहादुर बि.क.
- मिन बहादुर बि.क.
- सजिना बि.क.
- शिकिर बि.क.
- कुमारी श्रेष्ठ
- अक्षय कुमार श्रेष्ठ
- अतित श्रेष्ठ
- अजय श्रेष्ठ
- अश्मिता श्रेष्ठ
- धनु प्रसाद श्रेष्ठ
- पवन पाण्डे
- धन प्यारी मगर
- ढाडे मगर
- रहना मगर
- यमुना मगर
- शान्ता भुजेलमतिकला पुन
- धन ब. पुन
- दल ब. पुन
- गंगा पुन
- सन्जोग पुन
- विर्ख कुमारी मगर
- बिष्णु मगर
- अलिल मगर
- मनरेखा रोक्का
- विर भद्र रोक्का
- किरण रोक्का
- अजय लिम्वु
जिल्ला प्रहरी कार्यालय कास्की
No comments:
Post a Comment
Please, comment about this article.