अभियुतहरु पक्राउ
मिति २०६९।३।२२ गते साँझ अं. ७:३० बजेको समयमा जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ नयांबजार बस्ने अन्जना श्रेष्ठको छोरा वर्ष १६ को मनिष श्रेष्ठलाई ऐ. बस्ने ७÷८ जना व्यक्तिहरुले खुकुरी, रड लगायत अन्य हातहतियार द्धारा मरणासन्न हुने गरी कुटपिट गरी घाईते तुल्याई फरार रहेका घट्नामा संलग्न व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा मिति २०६९।३।२७ गते फरार मध्येका अनिल घिमिरे पक्राउ परी निजले खुलाए अनुसार निम्न लिखित व्यक्तिहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चितवन जिल्ला स्थित नारायणगढ बजारबाट मिति २०६९।३।२८ गते पक्राउ गरी यस कार्यालयमा ल्याई ज्यान मार्ने उद्योग शिर्षकमा मुद्धा दर्ता गरी मिति २०६९।३।२८ गते देखि नै लागू हुने गरी सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको छ । वारदातमा संलग्न अन्य फरार व्यक्तिहरुको खोजतलासको कारवाही जारी रहेको छ । साथै घटनाबाट गम्भिर घाईते हुन पुगेका निज मनिष श्रेष्ठको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेकोमा निज २०६९।४।३ गते डिस्चार्ज भएका छन ।
निम्न
१) जि. कास्की पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ को प्रजल थापा ।
२) जि. कास्की पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ को दोर्जे लामा ।
३) जि. कास्की पोखरा ९ नयाँबजार बस्ने शिव गुरुङ्ग ।
४) जि. कास्की पोखरा ८ न्यूरोड बस्ने वर्ष १८ को अनिल घिमिरे ।
उल्लेखित व्यक्तिहरु यस भन्दा पहिला समेत पोखराको विभिन्न स्थानहरुमा रातको अवस्थामा हिडीरहेका पैदलयात्रीहरुलाई लुटपाट गरेको अभियोगमा समेत पक्राउ परी निजहरु उपर सार्वजनिक अपराध शिर्षकमा कारवाही समेत चलाईएको थियो । साथै निजहरुले नयाँबजार एरियामा होहल्ला गर्ने, गुण्डागर्दी गर्ने र सर्वसाधारणलाई सास्ती दिने कार्यमा संलग्न रहेको गुनासो पटक पटक यस कार्यालयलाई प्राप्त भएको थियो ।
झुण्डिई मृत अवस्थामा शव फेला परेको: सनाखत हुन बाँकी
मिति २०६९।४।२ गते बिहान अं. ४ बजेको समयमा जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. १५ ठुली मजुवा टोल एरियामा रहेको चौताराको स्वामीको रुखमा एक जना अपरिचित पुरुष व्यक्ति झुण्डिई मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भए अनुसार यस कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजारबाट घट्नास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली खटिई गई प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरी मृत शवलाई पोष्टमार्टमको लागि प.क्षे. अस्पतालमा ल्याईएको । मृतक शवको हालसम्म सनाखत हुन नसकेको हुँदा निजको हुलिया निम्नानुसार रहेको सो सम्बन्धमा सम्पूर्ण संचार माध्यमहरुलाई सूचना सम्प्रेषण गरी दिनु हुन अनुरोध गरिएको छ ।
मृतक शवको बिवरण:
–उचाई अं. ५.६ ईन्च भएको, सेतो र कालो तेर्सो धर्सा भएको लामो बाहुला भएको टिसर्ट र कालो ट्रयाक लगाएको, कपालको रंग कालो भएको, उमेर अन्दाजी २५/२६ वर्षको, पातलो शरिर भएको, वर्ण कल्साउदो, बाहुन क्षेत्री जस्तो देखिने, दुवै गाला भित्र पसेको, दाह्री जुंगा काटेको, कपाल: लामो, बाक्लो, कालो, काटेको ।
District Police Office Kaski, Pokhara.
जिल्ला प्रहरी कार्यालय कास्की ।

No comments:
Post a Comment
Please, comment about this article.