रोट्याक्ट डिष्टिक ३२९२ अन्तर्गत जोन ४ मा पर्ने क्लवहरुको संयुक्त आयोजना तथा रोट्याक्ट क्लव अफ अन्नपूर्णको संयोजकत्वमा जोनल फेलोसिप प्रोग्राम रोट्याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रोट्याक्ट विवेक घिमिरेको सभापतित्वमा सम्पन्न भयो । रोट्याक्ट डिष्टिक कमिटी चियर रोटरियन किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो फेलोसिप कार्यक्रममा रोटरी क्लव अफ अन्नपूर्णका अध्यक्ष रोटरियन डिल्ली प्रसाद शर्मा, रोटरी क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष केशव आचार्य, इनरह्वील क्लव अफ अन्नपूर्णका निवर्तमान अध्यक्ष इनरह्वील सरसिज पालिखे, रोटरी क्लव अफ अन्नपूर्णका पूर्व अध्यक्ष तथा रोटरी रोट्याक्ट रिप्रेजेन्टेटीभ रोटरीयन इश्वरप्रसाद कर्माचार्य, पूर्व अध्यक्ष रोटरियन दिनेशशंकर पालिखे, सचिव रोटरियन कल्याण कर्माचार्य, रोट्याक्ट डिष्टिक लिडरहरु रोट्याक्ट पुनम गिरी बाँस्तोला, रोट्याक्ट सन्दीप बहादुर कार्कीको उपस्थितिमा रोट्याक्ट क्लव अफ पोखरा फिस्टेलका अध्यक्ष रोट्याक्ट सृजना भुर्तेल,रोट्याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रोट्याक्ट विवेक घिमिरे, रोट्याक्ट क्लव अफ पोखराका अध्यक्ष रोट्याक्ट कपिल श्रेष्ठ, रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष रोट्याक्ट सन्तोष गुरुङ्ग, रोट्याक्ट क्लव अफ पोखरा मिड टाउनका उपाध्यक्ष रोट्याक्ट किसन सुनारले रोटरी वर्ष २०१२।१३ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । जोन ४ का जोनल रोट्याक्ट रिप्रेजेन्टिटिभ रोट्याक्टर निकेश प्रसाद कर्माचार्यले यस वर्षका सबै योजनालाई संयुक्त रुपमा सफल पार्न आह्वान गर्नुभएको थियो । सोही अवसरमा रोट¥याक्ट क्लव अफ पाटन साउथका पूर्व अध्यक्ष रोट¥याक्टर महेश्वर श्रेष्ठलाई ब्लड क्यान्सर भएको र उहाँको उपचार भारतमा भइरहेको हुँदा सहयोगार्थ १५ हजार संकलन भैसकेको र केही क्लवहरुले भोलिसम्ममा आफ्नो क्लवको सहयोग पठाउने कुरा रोट¥याक्ट क्लव अफ अन्नपूर्णका सचिव रोट¥याक्टर सन्तोष बरालले बताउनुभयो । सो कार्यक्रम जोन ४ का जोनल सेक्रेटरी रोट¥याक्टर कृष्ण खड्काले संचालन गर्नुभएको थियो
No comments:
Post a Comment
Please, comment about this article.