प्राकृतिक चिकित्सा सम्बन्धी डक्टर हूँ भन्नेहरुलाई आबश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश
यस कास्की जिल्ला अन्तर्गतका बिभिन्न स्थानहरुमा निम्न बिबरण भएका ब्यक्तिहरुले आफुहरुले पाउदै नपाएको डा.को उपाधि पाएको भनी सोही अनुसारको स्वास्थ्य उपचार संग सम्बन्धित संस्थाहरु समेत खडा गरी सर्बसाधारणहरुको उपचार गर्ने गरेको भन्ने सूचनाको आधारमा निजहरुलाई खोजतलास गर्दा आज मिति २०६९/०४/०८ फेला परेकामा सो बारेमा निजहरुलाई प्रारम्भिक सोधपुछ गर्दा आफुहरुले हाल सम्म कही कतै बाट पनि त्यस्तो आधिकारिक डा.को उपाधि प्राप्त नगरेको तर सो डा.को उपाधि छ भन्दै आफुहरुको स्वास्थ्य संस्थाहरु मार्फत बिगतका दिनहरु देखिनै हाल सम्म पनि विरामीहरुको उपचारमा संलग्न भएको भनी खुलाई दिएकाले निजहरुलाई कार्बाही हुनको लागि निम्न ब्यक्तिहरु लाई जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गरिएको ।
निम्न
(१) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ वतन भएका, योग प्राकृतिक तथा बैकल्पिक चिकित्सा परिषद् कार्य समितीका अध्यक्ष, आफ्नो नामको अगाडि डा.लेख्ने, सुपरभिजन प्राकृतिक स्वास्थ्य केन्द्रका संचालक, बर्ष ४६ का डिलाराज लामीछाने ।
(२) जिल्ला धादिङ ज्यामरुङ गा.बि.स.९ वतन भएका, ऐ.का उपाध्यक्ष, आफ्नो नामको अगाडि डा.लेख्ने, पायनियर्स ईनर्जि एडभेन्चर का संचालक, बर्ष ४६ का ऋषिराज लम्साल ।
(३) जिल्ला कास्की कृष्तीनाच्नेचौर गा.बि.स. १ वतन भएका, ऐ.का सचिब,माछापुच्छ्रे्र प्राकृतिक उपचार केन्द्रका संचालक, बर्ष ३२ का आफ्नो नामको अगाडि डा.लेख्ने, याम बहादुर रानाभाट ।
(४) जिल्ला स्याङजा कारीकोट गा.बि.स. ३ वतन भएका, ऐ.का सह–सचिब, मुम्बई होमीयो फार्मेसीका संचालक बर्ष ३९ का, आफ्नो नामको अगाडि डा.लेख्ने के.बि.थापा ।
(५) जिल्ला कास्की घाचोक गा.बि.स..४ वतन भएका, ऐ.का सह–कोषाध्यक्ष, सुर्यकमल प्राकृतिक उपचार केन्द्रका संचालक, बर्ष ४९ का आफ्नो नामको अगाडि डा.लेख्ने योगीराज कोमलानन्द ।
(६) जिल्ला धादिङ मार्फा गा.बि.स. ६ वतन भएका, ऐ.का सदस्य, डि.पी.एम.सि.आश्रम तथा योग ध्यान केन्द्रका संचालक बर्ष ३९ का आफ्नो नामको अगाडि डा.लेख्ने डेवीड पन्त ।
(७) जिल्ला स्याङजा वालीङ न.पा. ८ वतन भएका, ऐ.का सदस्य, आफ्नो नामको अगाडि
डा.लेख्ने बर्ष ५६ का नेत्रनाथ रेग्मी ।
(८) जिल्ला कास्की पोखरा उ.म.न.पा.वार्ड नं.१० वतन भएका, ऐ.का सदस्य, आफ्नो नामको अगाडि डा.लेख्ने, ग्लोबल सेन्टर फर पोजेटिभ हेल्थका संचालक, बर्ष ४६ का सुर्य बहादुर गुरुङ्ग ।
(९) जिल्ला कास्की पोखरा उ.म.न.पा. १० वतन भएका, ऐ.का महासचिब, आफ्नो नामको अगाडि डा.लेख्ने, आरोग्यधाम सेवा केन्द्रका संचालक, बर्ष ३५ का विष्णु चापागाई ।
(१०) जिल्ला काठमाण्डौ मातातिर्थ गा.बि.स. ७ वतन भएका, स्पार्क बि.एण्ड डि.अस्पताल सभागृहचोक पोखराको डा. हु भनी आफ्नो नामको अगाडी डा.लेख्ने बर्ष ३६ का सुनिल पौडेल ।
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.