धर्मसंघ बुद्धविहारको ५७ औं वर्ष प्रवेश
तथा सर्धमसभाको २२ वार्षिक अधिवेशनले मोतिमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति
गठन गरेको छ ।
सो समितिको उपाध्यक्षमा भरतराज शाक्य,
सचिवमा पूर्णमान बुद्धाचार्य, कोषाध्यक्षमा विकास रत्न शाक्य, सहसचिवमा लालबहादुर गुभाजु, सदस्यहरुमा दुर्गामान कर्माचार्य, तेजेन्द्र शाक्य, राजेशमान बुद्धाचार्य, किशोरमान शाक्य, पुरनमान बुद्धाचार्य, सुरेश शाक्य र
मनोनित सदस्यहरुमा कृष्णमान बुद्धाचार्य, अशोककुमार शाक्य रहेको समिति चयन गरेको छ ।
सो साधारणसभाको उद्घाटन सहप्राध्यापक
डा.नरेशमान बुद्धाचार्यले गर्दै सामाजिक कार्यको माध्यमले बुद्ध शिक्षा फैलाउन
सहयोग पुग्ने धारणा राख्नुभयो । मोतिमान शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा
उपाध्यक्ष भरत शाक्य, सचिव इश्वरमान
शाक्य, पोखरा विश्वविद्यालयका
पूर्व रजिष्टार प्रकाशमान गुभाजु लगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कलाकारहरु सुवर्ण बज्राचार्य,
श्यामलाल श्रेष्ठ, ज्ञानु शाक्य, सन्तकुमारी बुद्धाचार्य लगायतले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.