- जवरजस्ती करणी गर्ने ७५ वर्ष को वृद्ध पक्राउ:
2. आफनै सासु र सालीलाई ज्यान मार्न खोज्ने पक्राउ:
– जिल्ला ललितपुर गोदामचौर गा.वि.स. १ घर भई पोखरा ६ लेकसाईड वाराहीचोक स्थित आफनै डेरा कोठामा बस्ने वर्ष २७ को शक्तिध्वज भन्ने शिव सरण कार्कीले आफनै सासु वर्ष ३७ कि सपना थापा र आफ्नै साली वर्ष १५ कि हिरा थापालाई ज्यान मार्ने उद्धेश्यले फलामको हेम्मरले प्रहार गरी गम्भिर घाईते बनाई भागी फरार भएकोमा निजलाई खोजतलासको क्रममा मिति २०६९।४।१२ गते रुपन्देही जिल्लाको भैरहवाबाट पक्राउ गरी यस कार्यालयमा ल्याई ज्यान मार्ने उद्योग मुद्धामा म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको । निजले मिति २०६९।४।१० गते राती अं. ११:५० बजेको समयमा सुतिरहेको अवस्थामा सासु र सालीलाई हेम्मर प्रहार गरेका थिए ।
3. जवरजस्ती रकम असुली गर्ने पक्राउ:
(क) मिति २०६९।४।७ गते ५:०० बजेको समयमा पोखरा १३ काहुँखोलामा आर्वाविजय गा.वि.स. वडा नं. ४ बस्ने वर्ष २२ को अनिल गुरुङ्ग, गोरे गुरुङ्ग, भिम गुरुङ्ग र विनोद गुरुङ्ग समेत मिली पोखरा १३ स्थित उद्योगमा जवरजस्ती धम्क्याई रु. ५० हजार असुल गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनिल गुरुङ्गलाई पक्राउ गरी केही सार्वजनिक अपराध शिषर्कमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको ।
(ख) मिति २०६९।४।१० गते राती १०:०० बजेको समयमा पोखरा बाग्लुङ्ग सडकखण्डको हेम्जा स्थित हनुमानचोक भन्ने स्थानमा पोखरा बाट बाग्लुङ्ग चल्ने सवारी साधनहरुलाई जवरजस्ती रोकी पैसा असुल गरेको अवस्थामा जि. कास्की हेम्जा ५ बस्ने वर्ष २३ को प्रेम नेपाली, ऐ.ऐ. बस्ने वर्ष १८ को शिव नेपाली र ऐ.ऐ. बस्ने वर्ष २६ को सुरेश नेपालीलाई वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी केही सार्वजनिक अपराध शिषर्कमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको ।
District Police Office Kaski
No comments:
Post a Comment
Please, comment about this article.