पोखरा १७ छोरेपाटन महिला प्रहरी चौकी हाता भित्र निर्मित रहेको शिशु स्याहार केन्द्र र भान्छा तथा कार्यालय भवनको पहिलो तलाको उदघाटन गरिएको।
भवनको पश्चिमाञ्चल प्रहरी प्रमुख राजेन्द्र सिंह भण्डारीले
उद्घाटन गरे । करिब ९ लाखको लागतमा शिशु स्यार केन्द्र र भान्छा घरको
निमार्ण भएको हो ।
निमार्णका लागि ५ लाख ५५ हजार ५ सय ५५ प्रकाश
केसीले सहयोग गरेका थिए ।
शिशु स्याहार केन्द्रका लागि प्रहरी केन्द्रिय कार्यालयबाट ४ लाख सहयोग भएको छ । भवनको निमार्णका लागि स्थानीयबासीहरुले सहयोग गरेका थिए । छोरेपाटन प्रहरी चौकीमा २४ जना महिला प्रहरी कार्यरत रहेका छन् । चौकीमा कार्यरत महिला प्रहरीका छोराछोरीलाई हेरचाह गर्ने उद्देश्यले दिवा शिशु स्याहार केन्द्रको स्थापना भएको हो । उनिहरुका अहिले ५ जना बालबालिकाहरु छन् । प्रहरी र जनता मिलेर बढे शान्ति सुरक्षा कायम राख्न सजिलो हुने प्रहरी प्रमुख राजेन्द्र सिंह भण्डारीले बताए ।
भण्डारीले सहयोग आगामी दिनमा निरन्तरता पाउने आशा व्यक्त गरे । निमार्ण समितिका अध्यक्ष तिर्थराज अधिकारी, निमार्ण अनुगमन समितिका बोधराज कार्की लगायतले भवन निमार्णका बारेमा जानकारी दिए । भवन निमार्णमा सहयोग विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.