Thursday, July 12, 2012

पोखरा माईक्रो बस इकाईको भेला बुधबार सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पोखरा माईक्रो बस इकाईको भेला बुधबार सम्पन्न भयो ।
उक्त भेलाको प्रमुख अतिथि केन्द्रिय सदस्य तथा अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्गले अहिलेको जटिल अवस्थामा सम्पुर्ण पोखरा माईक्रो बस मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा एकता बद्ध भई लाग्न आव्हान गर्नु भयो । कार्यक्रममा संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री ले व्यवसायी र मजदुर बिचको सम्बन्ध बारेमा प्रष्ट पार्दै भेलाको शुभकाना दिनु भयो ।
भेलाको उक्त भेलाले रामचन्द्र पौडेल को अध्यक्षतामा ७ सदस्यीय कमिटि गठन गयो । जसमा उपाध्यक्षमा बिष्णु भण्डारी, सचिवमा अरुण गुरुङ्ग, कोषाध्यक्षमा नन्द बहादुरपुन, सदस्यहरुमा क्रमश: रमेश चौधरी र प्रकार अधिकारी रहनु भएको छ ।
सोहि भलाले रामचन्द्र पौडेल को अध्यक्षतामा भएको उक्त कार्यक्रम संचालन अरुण गुरुङ्ग ले गर्नु भयो । कार्यक्रममा ३९ जना पोखरा माईक्रो मजदुरहरुको उपस्थिती रहेको थियोे ।

No comments:

Post a Comment

Please, comment about this article.