Sangita Kunwar |
पोखरा–८, बगालेटोल निवासी २५ बर्षिय कुंवरको घरको आर्थीक अवस्था कमजोर भएकाले सबै समक्ष आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन अनुरोध गरेकि छिन् । ‘मेरा दुवै मृगौला फेल भएको स्वास्थ्यकर्मीले बताएका छन्’ उनले भनिन्–‘आर्थीक सहयोग गरि मलाई बचाउन सबै समक्ष अनुरोध गर्छु ।’ काठमाण्डौको, बीर, शिक्षण, किष्टका डाक्टरले उनको जाँच गरेका थिए ।
विगत ६ महिनादेखि मृगौलामा समस्या देखिएपनि चार महिनादेखि दुवै मृगौलाले काम गर्न छाडेको र तुरुन्त मृगौला प्रत्यारोपण गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएको उनको परिवारले जनाएको छ । प्रत्यारोपण नेपालमा सम्भव नभए भारतमा लैजानुपर्ने र खर्च करिव २२ लाख रुपैया लाग्ने कुंवरका बुवा लालबहादुर कुंवरलेबताए । संगिताको हाल चरक अस्पतालमा हप्तामा दुई पटक डाइग्लोसिस गरार्इंदै आइएको छ ।
परिवारले विगत ६ महिनादेखि उपचार गराउँदै आएको र हालसम्म करिव साढे दुई लाख खर्च भैसकेको र बाँकि उपचारको लागि आर्थीक नभएकाले सहयोगको अपिल गरिएको बुवा कुंवरले बताए । ‘हामिले भएको पैसा उपचारमै लगायौं अब मृगौला प्रत्यारोपण नगरि नहुने भयो’ उनले भने–‘परिवारबाट पनि मृगौला दिन असम्भव भएकाले बढि खर्च बढेको, सबै समक्ष आर्थीक सहयोगको याचना गर्छु ।’
संगिताको उपचारका लागि आर्थीक सहयोग संकलन गर्ने सम्बन्धमा बिद्यालयका अभिभावक, शिक्षक, लेकसाइड क्षेत्रका समाजसेवी तथा आमा समूहको शुक्रबार बैठक बसि ‘संगिता उपचार सहयोग समिति’ गठन भएको छ । बिद्यालयका शिक्षक तथा पृथ्वीनारायण क्याम्पस पोखराका उप–प्राध्यापक नारायण मरासीनिको संयोजक र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका उपाध्यक्ष तथा आदर्श नेपाल प्रकाशन प्रा.लिका निर्देशक बिष्णुबहादुर भट्टराई सह–संयोजक रहेको १७ सदस्यीय संगिता उपचार सहयोग समिति गठन भएको हो ।
‘सयौं बिद्यार्थीलाई ज्ञानको ज्योति बाँड्ने शिक्षिका अमिले जीवन मरणको दोसाँधमा गुज्रिरहनु भएको छ’ बिद्यालयका प्राचार्य नारायणप्रसाद पाण्डेले भने–‘सबैले सक्दो आर्थीक सहयोग गरि संगितालाई बचाउन अनुरोध गर्छु ।’ समितीले अभियानको रुपमा आर्थीक सहयोग जुटाउन लागि पर्ने निर्णय गरेको छ ।
सो अबसरमा बिद्यालय, शिक्षक शिक्षिका, अभिभावक, समाजसेवीहरुले आर्थीक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । बिद्यालयले ३६ हजार, २७ जना शिक्षक शिक्षिकाले १३ हजार, रामबहादुर पौडेलले १० हजार, जगत बहादुर कुँवरले ५ हजार, शुसिला सुवेदीले ५ हजार, नारायण पाण्डेले ४ हजार, दुर्गा पहारीले २ हजार ५ सय, गोमा पहारीले २ हजार आर्थीक सहयोग गर्ने घोषणा गरेका छन् ।
No comments:
Post a Comment
Please, comment about this article.