३८ औं
विश्व वातावरण दिवसको
उपलक्षमा स्टेप वाई स्टेप
उच्च मा.वि
मासवार, पोखराले विद्यालय वरिपरिका
क्षेत्रहरुमा आज सरसफाइको
कार्यक्रम सम्पन्न ग¥यो
। सरसफाइको क्रममा
विद्यालय गेटदेखि मनकामना मन्दिर
सम्मको क्षेत्रका साथै पुष्पलालपार्क
शान्ति नगर चोकदेखि
जिरो कि.मि.र मालेपाटन
सम्मका क्षेत्रहरुमा बाटोमा जथाभावी फालिएका
प्लाष्टिक, कागज र
अन्य फोहोर संकलन
गरी विस्थापन गरिएको
थियो । सरसफाइ
कार्यक्रममा विद्यालयका शिक्षकहरु सूर्यप्रसाद
लम्साल, युवराज लामिछाने, राजेन्द्र
दवाडी, सुरेन्द्र पन्थ, विजया
श्रेष्ठ, शुशीला पौडेल, राम
चन्द्र शर्मा र सूर्यबहादुर
गुरुङ्ग लगायत कक्षा आठ
देखि कक्षा दश
सम्मका सम्पूर्ण विद्यार्थीहरुको संलग्नता
रहेको थियो ।
विद्यार्थीहरुमा वातावरण र सरसफाइको
महत्वको वारेमा जानकारी गराउने
तथा स्थानीय वासिन्दाहरुमा
वातावरण र सरसफाईको
वारेमा चेतना जगाउने उद्देश्यले
सञ्चालन गरिएको उक्त कार्यक्रमको
उद्घाटन विद्यालयका संस्थापक निर्देशक
रमाकान्त बराल र
प्रिन्सिपल निर्मला बरालले संयुक्त
रुपमा विद्यार्थीहरुलाई सरसफाइको
लागि आवश्यक सामग्रीहरु
बोरा, पञ्जा, आदि
हस्तान्तरण गरी गर्नुभएको
थियो । कार्यक्रमको
सुरुमा शिक्षक युवराज लामिछाने,
विद्यार्थी द्वय स्नेहा
अधिकारी र रोशन
लम्सालले यस वर्षको
विश्व वातावरण दिवसको
नारा “हरित अर्थतन्त्र,
दिगो विकासको मूलमन्त्र”
लाई यथार्थमा सफल
बनाउन र वातावरण
जोगाउन हामीले खेल्नुपर्ने भूमिकाको
वारेमा प्रकाश पारेका थिए
। यस सरसफाई
कार्यक्रमको संयोजक विद्यलयका अतिरिक्त
कृयाकलाप इन्चार्ज जगन्नाथ घिमिरेले
गर्नुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.