Saturday, June 9, 2012

World Environment Day 2012 World Environment Day 2012 Nepalese Young Entrepreneurs Forum.(NYEF)

World Environment Day 2012 Nepalese Young Entrepreneurs Forum.
World Environment Day 2012 Nepalese Young Entrepreneurs Forum.
विश्व वातावरण दिवस २०१२ को उपलक्ष्यमा नेपाली युवा उधमी मञ्च (NYEF),पोखराको आयोजना तथा साइकल सिटी, पोखराको सहयोगमा  सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज २०६९ साल जेष्ठ २७ गते शनीवारका दिन बिहान ६:३० बजे स्थानिय पुरानो टुंडिखेल बगर बाट “वृहद साइकल ¥याली”  शुभारम्भ गरी उक्त ¥याली मोहरीया टोल, नालामुख, पालीखे चोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, जिरो कि.मी., हल्लन चोक, लेकसाइड, राष्ट्रबैंक चोक, मुस्ताङ्ग चोक, पृथ्वीचोक, हुंदै पोखरा रंगशाला क्रिकेट मैदानमा बिहान ९:०० बजे पुगी “वृक्षारोपण कार्यक्रम” साथै “विश्व साइकल यात्री पुष्कर शाहलाई सम्मान कार्यक्रम” आयोजन गरी समापन गरीएको व्यहोरा सहर्ष जानकारी गराउंदछौं ।
कार्यक्रमका प्रमु्ख अतिथी विश्व साइकल यात्री पुष्कर शाहले सम्पूर्ण पोखरेलीले हप्ताको एकदिन मात्र साइकल चढने बानी बसाले महिनामा पैंतिससय बराबरको इन्धनको बचत भई पोखराको वातावरणमा अनुकुल परिवर्तन आउने धारणा राख्नुभएको थियो । कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठ, साइकल सिटी पोखराका अध्यक्ष कमलमोहन कोइरालाले पोखरालाई अझ सुन्दर शहर बनाउन साइकल चढने बानीको बिकास गर्न, उर्जा बचाउन तथा हरीयाली बढाउन सबैको योगदान रहनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमका सभापति नेपाली युवा उधमी मञ्च (NYEF),पोखराका अध्यक्ष निरञ्जन श्रेष्ठले यस कार्यक्रमको प्रमुख उद्देश्य वातावरण जोगाउन विभिन्न व्यवसायीक संघ संस्थाद्धारा प्रायोजन गरिएको रकमले पोखराको मुख्य चोकहरुमा सौर्य सडक बत्ति जडान गर्ने जानकारी दिनुका साथै सहभागी साइकल यात्री, प्रायोजक, पत्रकार, संघ संस्था सबैलाई धन्यबाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको उक्त कार्यक्रमको संचालन संयोजक तथा नेपाली युवा उधमी मञ्च (NYEF),पोखराका सचिव प्रदिप बज्राचार्यले संचालन गर्नुभएको थियो ।
मानिसहरुको बढदो उपभोक्तावादी संस्कृती, प्राकृतिक उर्जा तथा इन्धनको अत्यधीक उपयोग लगायत विभिन्न कारणले  विश्वमा बढदै गईरहेको जलवायु परीवर्तन, वातावरणीय प्रदुषण, भुमण्डलीय उच्च तापक्रम वृद्धि, बढदो प्राकृतिक प्रकोप आदि सबै समस्याहरुलाई केही हद सम्म न्युनीकरण गर्न स्थानिय स्तरमा नेपाली युवा उधमी मञ्च (NYEF),पोखरा र साइकल सिटी, पोखराले “साइकल चढौं, उर्जा बचाऔ, हरीयाली बढाऔं,” भन्ने उद्धेश्यले आयोजना गरीएको यस कार्यक्रमलाई सप्ताहव्यापी रुपमा मनाउने क्रममा विश्व वातावरण दिवस २०१२ को शुभारम्भ दिन मिति  २०६९ जेष्ठ २३ गते मंगलवारबाट हरेक दिन  साइकल यात्रा,  विश्व साइकल यात्री पुष्कर शाह द्धारा मदरल्याण्ड उच्च माध्यमीक विधालयमा  वातावरण संरक्षण सम्बधी जनचेतना कार्यक्रम  आयोजना गरिएको हो ।

No comments:

Post a Comment

Please, comment about this article.