
स्टेप बाई स्टेप उच्च मा.वि. मासबार, पोखरामा विज्ञान तथा ब्यवस्थापन संकायका कक्षा १२ को परिक्षा पुरा गरेका विद्यार्थीहरुलाई एक समारोहका विच विदाई गरियो । विद्यालयका प्राचार्य श्रीमती निर्मला बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विदाई भएर जाने विद्यार्थीको तर्फबाट कल्याण पराजुलीले भविश्यमा थप मेहेनत गर्ने अठोट गर्दै आफूले अध्ययन गरेको विद्यालयलाई सधैं स्मरण गर्ने प्रतिवद्धता ब्यक्त गरे । विद्यालयका संस्थापक निर्देशक एवं हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालले विशेष अतिथीको तर्फबाट पूर्व विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्दा मिलेको सफलतामा विद्यालयको अमूल्य योगदान रहेको स्मरण गर्दै खुसी ब्यक्त गर्दै विद्यालयमा सिकेका राम्रा कुराहरुलाई ब्यवहारमा प्रयोग गर्न अनुरोध गर्नुभयो । विद्यालय प्राचार्य निर्मला बरालले विद्यार्थीहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दै उज्जल भविश्यको कामना गर्नु भयो । कार्यक्रम विद्यालयका संयोजक कमल सापकोटाले संचालन गर्नुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.