Saturday, June 2, 2012

Nepal Redcross Society Pokhara (उपशाखा १०, ११ द्वारा वृक्षारोपण तथा गोडमेल सम्पन्न)


नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ द्वारा उपशाखा भवनको आसपासमा विश्व वातावरण दिवस २०६९ को अवसर पारेर सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा एक समारोह विच वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न ¥यो सो वातावरणीय सम्रक्षण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति एवं कार्यक्रमका प्रमुख अतिथी रामप्रसाद ज्ञावली तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीका पूर्व महामन्त्री एवं रामबजार सोसाईटी यू.के.का सल्लाहकार महेश गुरुङलाई खादा लगाई स्वागत गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि रामप्रसाद ज्ञावलीले उपशाखा १०, ११ ले मानवीय सेवाका साथसाथै वातावरण स्वच्छ राख्ने काममा लागि परेकोले अन्य उपशाखाको तुलनामा यो उपशाखा सक्रिय रहेको वृक्षारोपण कार्यले मानव जिवनलाई नभै नहुने अक्सीजन उत्पादन गर्न मद्दत पु¥याउने विचार ब्यक्त गर्नुभयो कार्यक्रममा विशिष्ठ अतिथि महेश गुरुङले पूर्व समयको रेडक्रसका गतिविधिको स्मरण गराउनुहुँदै रेडक्रसलाई मानवीय सेवामा लाग्ने सोच गरि कार्यक्रम अघि बढाएकोमा हाल उपशाखाहरुका कार्यक्रमले जिल्लालाई सहयोग पुगेको विचार ब्यक्त गर्दै रामबजार सोसाइटी यू.के.ले टोल सुधार समिति रामबाजर १०, १५ मार्फत उपशाखा १०,११लाई एम्बुलेन्स प्रदान गरेकोमा त्यस कार्यले अझ सशक्त रुपमा उपशाखा १०,११ मानवीय सेवामा लागेको जानकारी पाएको बिचार ाख्नुहुदै बडा नं. १० भित्र वटा पोलिक्लिनिक खोल्ने यू.के.वासीको विचार रहेको जानकारी गराउनु भयो उक्त कार्यक्रममा उपशाखा १०, ११का महिला समितिका अध्यक्ष शिता तिमिल्सिना, युवा सर्कलका अध्यक्ष सन्तोष सिग्देल लगाएतका बक्ताहरुले वातावरण सम्रक्षण गर्नु सबै नागरिकको कर्तब्य भएको विचार ब्यक्त गर्नुभएको कार्यक्रममा उपशाखा १०,११ कार्यक्रम सभापति सम्मर बहादुर श्रेष्ठले उपशाखा १०,११ ले मानवीय सेवाका साथ साथै वातावरण स्वच्छ राख्न कपुर निमको वृक्षारोपण गरिएको बताउनुभयो साथै रामबजार
सोसाइटी यू.के.बाट प्राप्त एम्बुलेन्स सेवाले बर्षको समयमा रु. २०० ०५५÷– बचत गरी करिव ३५० जना विरामीहरुलाई सेवा गरेको जानकारी गराउँदै वृक्षारोपण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण उपस्थित सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो उक्त कार्यक्रम उपशाखा १०,११का सचिव वालाकृष्ण
शर्माले संचालन गर्नुभएको थियो

No comments:

Post a Comment

Please, comment about this article.