Saturday, June 23, 2012

Communist party accused of being against-federalism (सघियता विरोधी भनेर एमालेलाई समाप्त गर्ने खोजेको अधिकारीको आरोप)

Communist party accused of being against-federalism
नेकपा एमालेका वैकल्पीक पोलिट व्यूरो सदस्य तथा गण्डकी अञ्चल इन्चार्ज खगराज अधिकारीले नेकपा एमालेलाई पहिचान र सघियता विरोधि भनेर सिद्धाउन विदेशी शतिm केन्द्र लागेको बताएका छन् । पेशागत महासंघ नेपाल महासमिति काठमाडौको आयोजना र जिल्ला समुन्वय समिति कास्कीको व्यवस्थापनमा भएको परिवर्तित सन्दर्भमा पेशा कर्मिको भूमिका विषयक गण्डकी स्तरिय प्रशिक्षण मूलक भेलाको उद्घाटन गर्दै नेता अधिकारीले त्यस्तो कुरा बताएका हुन् । उनले यूरोपियन यूनियन लगायतका शक्ति केन्द्रहरु एमालेलाई पहिचान र सघियता विरोध ीभनेर समाप्त पार्न खोजेको बताए । राष्ट्रिय अखण्डता साम्प्रदायिक सदभाव जातिय विद्धेस फैलाएर तनाव सृजना गरि मूलुकलाई पछाडि फर्काउने काम भएको नेता अधिकारीको दावि थियो । अधिकरीले भने ‘एमाले जातिय पहिचान र सघियता विरोधी हुदै होईन र थिएन ।’
अन्तराष्ट्रिय शक्ति केन्द्र नेपाललाई क्रिडा स्थल बनाउन खोजेको उल्लेख गर्दै अधिकारीले यस्तो शक्ति केन्द्रले काग्रेस, प्रचण्ड र विजय गच्छेदार लाई मिलाउन सकृयतापूर्वक लागेको खुलासा गरे । नेपाललाई सघिय प्रदेश बनाउने पहल गर्नें पहिलो पार्टी एमाले भएको उल्लेख गर्दै नेता अधिकारीले सातै केन्द्रीय कमिटिको बैठकले बनाएको कार्य दलले जाति वा समुदायगत, भाषीक, सांस्कृतिक, भौगोलिक र एतिहासिक गरि पाच पहिचान र आर्थिक पूर्वधार विकास, प्रकृतिक स्रोत र साधन तथा प्रशासनिक सुगमता गरि चार सार्मथका आधारमा सघिय प्रदेश बनाउने प्रस्ताव गरेको बताए । राज्यको पुनर संरचना समितिमा रहेका एमालेका जिम्मेवार व्यक्तीले उपाध्यक्ष वामदेव गौतमले तयार पारेको अध्ययन सामाग्रीको सामाग्रीलाई पार्टिको सस्थागत निर्णय नगराई सविधान सभामा छिराएको जानकारी दिदै अधिकारीले पन्ध्र प्रदेश एमालेको आधिकारीक धारणा नरहेको बताए । उनले भर्खरै सम्पन्न केन्द्रीय कमिटिको बैठकले पारित गरेको आठ प्रदेश एमालेको आधिकारीक धारणा भएको स्पष्ट पारे । माओवादी बाहिरको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरि त्यही सरकारले भरपर्दो उपयूतm विधिबाट सविधान निमाणको आधार तयार गर्नुपर्ने अधिकारीको बनाई थियो । कार्यक्रममा पेशागत महासघका प्रथम उपाध्यक्ष प्रेमल खनालले उल्टो दिशा तर्फ गएको राजनीतिलाई सुल्टाउन पेशा कर्मिको भूमिका महत्वपूर्ण रहने बताए । ‘अन्तरिम सविधान च्यातिने र अधिनायकवाद हावि हुने अवस्थामा छ  –उनले भने –माओवादीको सर्वसत्तावाद, अधिनायकवादमा रुपान्तरण भएको छ । पेशागत महासघका केन्द्रीय सदस्य तथा गण्डकी अञ्चल ईन्चार्ज बन्दुराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा महासघका तृतीय उपाध्यक्ष हिरा नेपालले अवधारणा पत्र पेश गर्दै पेशागत महा सघले सामाजिक सदभाव र राष्ट्रिय एकताको सन्देश देश भर पु¥याउने अभियान थालेको बताए । कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसी, पेशागत महासघ नेपाल कास्कीका अध्यक्ष रामप्रसाद खनाल, प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष श्याम कुवर, पेशागत महा सघ कास्कीका सदस्य ऋषिराम लामिछाने, महेश पौडेल सान्तराम लामिछाने,विष्णु त्रिपाठी, सुरेन्द्र परियार लगायतका वक्ताले विधमान जटिल राजनीतिक परिस्थितिमा सुधार नआएमा वृहतर रुपमा अन्दोलनको तयारी गर्नु पर्ने बताए ।

No comments:

Post a Comment

Please, comment about this article.