Wednesday, June 6, 2012

तनहुँको नाहालमा निःशुल्क स्वास्थ्य शिविर हुने

       तनहुँ सम्पर्क समाज पोखराको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राविधिक सहयोगमा तनहुँ जिल्लाको पवित्रा उच्च मा.वि. नाहालमा यही जेठ २७ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
       स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका आर्थिक एवं अन्य कारणले विशेषज्ञ सेवा प्राप्त गर्न नसकेका बिरामीहरुलाई स्थानीय स्तरमै स्वास्थ्य परीक्षण गरी सेवा एवं सहयोग पुयाउने उद्देश्यले आयोजित उक्त शिविरमा तत्काल बिरामीहरुलाई आवश्यक पर्ने औषधि पनि निःशुल्क वितरण गरिने भएको छ । परीक्षणका लागि आवश्यक इसिजी, एक्सरे मेशिन पनि शिविर स्थलमा पुयाइनेछ ।
       पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका विशेषज्ञ डाक्टरहरु डा.बुद्धिबहादुर थापा, डा.लुमेश्वर आचार्य, डा.प्रेमबहादुर थापा, डा.ध्रुव बहादुर अधिकारी, डा.चन्द्र मिश्र, डा.मोहन भट्टराई, डा.रविन्द्र श्रेष्ठ, डा.दीपक काफ्ले, डा.चिरायु भारी, डा.कुलदीप नारायण अग्रहरिले स्वास्थ्य परीक्षणका लागि जानुहुने भएको छ ।
       शिविरका लागि स्थानीय पवित्रा उच्च मा.वि., छपेंली सांस्कृतिक युवा क्लव बन्दीपुर, मोति मेडिकल हल डुम्रेले पनि सहयोग गर्ने भएका छन् । त्यसैगरी भञ्ज्याङ्ग राष्ट्रिय दैनिक तनहुँ, रेडियो बन्दीपुर, बन्दीपुर तनहुँ र तनहुँ एफएम खैरेनीटारले सञ्चार सहयोगीका रुपमा सहयोग गर्ने भएका छन् ।

No comments:

Post a Comment

Please, comment about this article.