पोखरा उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास उपसमितिको सहयोग तथा पोखरा उपमहानगरपालिका कार्यालय र मासबार आमा समूह पोखरा–७ मासबारको संयुक्त आयोजनामा एक महिने छ्वालीका सामान बनाउने तालिम बिहीवारबाट शुरु भएको छ ।
पोखरा उपमहानगरपालिका सामाजिक महाशाखाका अधिकृत ओमराज पौडेलको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका महासचिव सन्जीवबहादुर कोइराला, पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा महिला उद्यम विकास उपसमिति संयोजक हिरा भट्टराई, मासबार आमा समूहका सल्लाहकार तेजनारायण अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मासबार आमा समूहकी अध्यक्ष रत्ना कुँवरले स्वागत तथा सहसचिव शारदा गिरीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
मासबार आमा समूह पोखरा–७ मासबारको सभाहलमा एकमहिनासम्म संचालन हुने उक्त तालिमका संयोजक हिरा भट्टराई तथा प्रशिक्षक ऋतु तामाङ रहनुभएको छ भने छ्वालीका सामान बनाउने तालिममा मासबार आमा समूहका २२ जनालाई प्रशिक्षण प्रदान गरिने मासबार आमा समूहकी कार्यसमिति सदस्य इन्दिरा बरालले जानकारी दिनुभयो ।

No comments:
Post a Comment
Please, comment about this article.