Saturday, June 2, 2012

विविए विद्यार्थी संगठनको अन्तरक्रिया कार्यक्रम


विविए विद्यार्थी संगठन जनप्रिय बहुमुखी क्याम्पसको एकदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रबैंक पोखराका म्यानेजर भोलानाथ बराल र सिटी डेभलपमेण्ट बैंकका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले अहिले बैंक तथा वित्तिय संस्थाको आवश्यक क्षेत्राधिकार र चुनौति बारेमा बोल्नुभएको थियो ।  उहाँहरुलाई क्याम्पस प्रमुख माधव वियोगीले खादा लगाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा विविए विद्यार्थी संगठन र विविए संकायका संयोजक कृष्णबाबु बरालले मायाको चिनो प्रदान गर्नुभएको संगठनका कोषाध्यक्ष सन्तोष अधिकारीले जानकारी दिनुभयो ।  अन्तरक्रिया कार्यक्रम सविन बरालको अध्यक्षतामा भएको थियो भने संचालन संगठनका सचिव क्षितिज बरालले गर्नुभएको  ।

No comments:

Post a Comment

Please, comment about this article.