सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा २५ औं विश्व लागूऔषध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार सराङ्गकोट गा.वि.स.को खपौदी क्षेत्रबाट बैदाम खहरेको क्षेत्रमा रहेको अवैध गाँजा फडानी गर्ने कार्य सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज शेरबहादुर चन्दले अवैध गाँजा काटेर उद्घाटन गर्दै हामी यस क्षेत्रमा अवैध लागूऔषध ओसारपसार बेचविखन गर्ने कार्यलाई कडा रुपमा कारवाही गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समुदायिक समन्वयका अध्यक्ष सीता गुरुङ्ग, बैदाम केन्द्रका सदस्य एवं कार्यक्रम संयोजक हिरु पुन, सामुदायिक सेवा केन्द्र बगरका सदस्य चिनकाजी गुरुङ्ग लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त अवसरमा एक ट्रक गाँजा नष्ट गरिएको थियो ।
केन्द्रका अध्यक्ष एकराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पम्फा पहारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव भीम पराजुलीले संचालन गर्नुभएको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.