Saturday, June 23, 2012

समाज कल्याण समिति कास्कीद्वारा ‘गणेश बचाउ अभियान’को प्रारम्भ

Ganesh Bhujel गणेश बचाउ अभियान’को प्रारम्भ
       समाज कल्याण समिति कास्की पोखराको विशेष साधारणसभा समितिका अध्यक्ष बालाकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भयो । सो सभामा पोखरा उपमहानगरपालिका वडा नं.१० बसोबास गर्ने समितिका सदस्य एवम् ट्याक्सी व्यवसायी समिति पोखराका सचिव तथा भुजेल सेवा समितिका सदस्य गणेश बहादुर भुजेलको मुटु एवम् दुवै किड्नी विग्रन गई जीवन र मरणको दोसाँधमा रहेको अवस्थामा निजको जीवनरक्षाको निमित्त विशेष साधारणसभाको आयोजना गरिएको थियो ।
       सो सभामा लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी, भुजेल सेवा समिति, युनाइटेड क्लव अमरसिंहचोक एवम् विभिन्न टोल विकास संस्था तथा आमा समूहहरुको पहलमा “गणेश बचाउ अभियान” सहयोग समिति डा.कृष्ण के.सी.को संयोजकत्वमा गठन गरियो । सो समितिको सदस्य सचिव पुष्पकमल पौडेल एवम् सदस्यहरुमा रामजी कार्की, शान्ता थापा, परशुराम पौडेल, सूर्यबहादुर बानिया र अम्मरबहादुर थापा रहनुभएको छ ।

       समितिको प्रमुख संरक्षकमा समाज कल्याण समितिका अध्यक्ष रहने गरी प्रा.डा.रविलाल अधिकारी, उपाध्यक्ष राजेन्द्रबहादुर कार्की, सचिव परमेश्वर कार्की र कोषाध्यक्ष कृष्ण थापालाई सल्लाहकारमा मनोनित गरिएको छ । आज सम्पन्न विशेष साधारणसभामा गणेश बहादुर भुजेलको उपचारार्थ सहयोग अपिल गर्दा विभिन्न संघ संगठन एवम् महानुभावहरुले रु एकलाख बयालिसहजार दुईसय त्रिचालिस रुपियाँ सहयोग प्रदान गर्नुभएको छ । यसका अतिरिक्त उपचारको लागि करीब २५ देखि ३० लाखको आवश्यकता पर्ने देखिएकोमा निज गणेश बहादुर भुजेलको न्यून आयले सो उपचार सम्भव नभएको साथै आफ्नो घर जग्गा समेत केही नभएकोले समाज कल्याण समितिकै भवनमा आश्रय लिइरहेको अवस्थामा थप सहयोगको निमित्त सम्पूर्ण आम जनसमुदाय एवम् दातृ संघसंस्थाहरुमा हार्दिक अनुरोध गरिएको छ ।
       “गणेश बचाउ अभियान” मा सबैको सहभागिताको खाँचो व्यक्त गर्दै प्रा.डा.रविलाल अधिकारी, डा.कृष्ण के.सी., चक्रपाणि आचार्य, लक्ष्मण के.सी., निलबहादुर कार्की, पुष्पकमल पौडेल, अम्मर थापा, राजेन्द्रबहादुर कार्की, हिमालय बक्रेल एवम् भक्तबहादुर घर्ती, कृष्ण बहादुर थापा लगायतले सहयोगको लागि अपिल गर्नुभएको थियो ।
       उक्त कार्यक्रममा सहयोग प्रदान उपलब्ध गराउने महानुभाव एवं संघसंस्थाहरुमा युनाइटेड क्लव अमरसिंचकबाट १० हजार ५ सय, राजेन्द्र बहादुर कार्की (प्रकाश पुञ्ज सभागृहचोक) बाट ५ हजार ५, चक्रपाणि आचार्य कालिकाचोकबाट १ हजार १०, कामना टोल विकास समितिका अध्यक्ष कृष्णबहादुर थापाबाट ५ हजार ५, सूर्यमोहन ढकाल रामबजारबाट १ हजार १०, खिमबहादुर बस्नेत इन्द्रमार्गबाट १ हजार ७ सय, माधव बराल रामबजारबाट ५ हजार ५, रुद्र प्रसाद कोइराला सञ्जु काष्ठ उद्योगबाट १ हजार ५ सय ५०, लक्ष्मण के.सी. रक्षा मार्गबाट १ हजार १ सय, लिलाधर अधिकारी अमरसिंहचोकबाट १ हजार १ सय, परशुराम पौडेल अमरसिंहचोकबाट १ हजार ५ सय ५, पुष्पकमल पौडेल शान्तिपथबाट २ हजार २ सय २२, गोविन्दबहादुर थापा कामनाटोलबाट २ हजार ५ सय ५०, राधाकृष्ण पौडेल उत्तममार्गबाट १ हजार ५ सय ५०, हरिमाया भुजेल अमरसिंहचोकबाट १ हजार ५ सय ५०, लोकबहादुर थापा शान्तिपथबाट १ हजार ५, राजेन्द्र सिग्देल शान्तिपथबाट १ हजार १ सय, जमुना राजभण्डारी कामनाटोलबाट २ हजार, कृष्णबहादुर कार्की अमरसिंहचोकबाट १ हजार २ सय, हितराज शर्मा शान्तिपथबाट १ हजार १ सय, तेजकुमारी अधिकारी काजीपोखरीबाट १ हजार १, क्षेत्रबहादुर बुढाथोकी रक्षामार्गबाट १ हजार ६ सय २०, नरबहादुर बानिया बुद्धचोकबाट १ हजार ५ सय ५०, होमनाथ आचार्य कालिकाचोकबाट १ हजार ५ सय, नारायणप्रसाद बाँस्तोला कालिकाचोकबाट २ हजार, मालती बाँस्तोला खत्रीपसलबाट २ हजार २ सय, होमनाथ कोइराला अमरसिंहचोकबाट १ हजार १ सय ५, परमेश्वर कार्की मनकामना हार्डवेयरबाट ५ हजार ५, प्रेमबहादुर कार्की आदर्श हार्डवेयर बुद्धचोकबाट २ हजार, शान्ता थापा अमरसिंहचोकबाट २ हजार २ सय, गुना थापा कालिकाचोकबाट १ हजार ५ सय, महादेव न्यौपाने कालिकाचोकबाट १ हजार ५ सय, भक्तबहादुर घर्ती उत्तममार्गबाट ५ हजार २ सय ५, गणेशबहादुर कार्की अमरसिंहचोकबाट ५ हजार ५, रामजी कार्की अमरसिंहचोकबाट ५ हजार ५, गोविन्दप्रसाद बराल ढुङ्गेसाँघुबाट १ हजार ५ सय, बालाकृष्ण शर्मा उत्तममार्गबाट १० हजार, मानकुमारी थापा कामनाटोलबाट १ हजार ५, अमरबहादुर थापा अमरसिंहचोकबाट २ हजार, अम्बिका बस्नेत इन्द्रचोकबाट १० हजार, दिव्यकुमारी पोखरेल अमरसिंहचोकबाट ५ हजार ५, निलबहादुर कार्की कालिकाचोकबाट ३ हजार, लक्ष्मण बानिया बानिया ग्लास हाउस बुद्धचोकबाट २ हजार ५ सय, बीरेन्द्र बहादुर कार्की मुक्तिनाथ हार्डवेयरबाट १० हजार ५, सन्तोष पोखरेल लेकसाइडबाट १ हजार ५, धन बस्नेत आविष्कार राष्ट्रिय दैनिकबाट ५ हजार, खमबहादुर के.सी. खत्रीपसलबाट ५ सय ५, सुकबहादुर गुरुङ्ग अमरसिंहचोकबाट ५ सय ५५, सिद्धकुमारी श्रेष्ठ अमरसिंहचोकबाट ५ सय ५, दिलबहादुर कार्की कामना टोलबाट ५ सय ५ रहनुभएको छ ।
उल्लेखित सहयोग गर्ने महानुभावहरुप्रति समितिको तर्फबाट समितिका अध्यक्ष बालाकृष्ण शर्माले हार्दिक कृतज्ञता ज्ञापन गर्दै सम्पूर्ण संघसंस्थाहरु र महानुभावहरुलाई गणेश भुजेलको जीवन रक्षाको निमित्त जे जति सहयोग गर्न सकिन्छ निजको सिटि डेभलपमेन्ट बैंकको खाता नं. ००४००००६९९१२ मा जम्मा गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्नुभएको छ । साधारणभाको संचालन सचिव परमेश्वर कार्कीले गर्नुभएकोमा थप जानकारी चाहिएमा निम्न सम्पर्क नम्बरमा सम्पर्क राख्नुहुन समेत अनुरोध गरिएको छ:सम्पर्क नम्बर: ९८५६०२७१४०, ९८४६२९२०६६, ९८५६०३००६३, ९८४६०२८६९५ ।

No comments:

Post a Comment

Please, comment about this article.