Sunday, June 10, 2012

बृहद निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

तनहुँ सम्पर्क समाज पोखराको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राविधिक सहयोगमा तनहुँ जिल्लाको बन्दीपुर–१ पिप्ले स्थित पवित्रा उच्च मा.वि.मा शनिवार बृहद निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका आर्थिक एवं अन्य विविध कारणले विशेषज्ञ सेवा प्राप्त गर्न नसकेका बिरामी स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराई सहयोग पु¥याउने उद्देश्यले आयोजित शिविरमा ५ सय १२ जना विभिन्न किसिमका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा बिरामीका लागि आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो । शिविरमा रोगका पहिचानको लागि भिडियो एक्सरे, इसिजी, एक्सरे मेशिन लगिएको थियो भने रक्त परीक्षण, दिसा पिसाब परीक्षण प्रयोगशाला पनि सञ्चालन गरिएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका विशेषज्ञ डाक्टरहरु डा.बुद्धिबहादुर थापा, डा.लुमेश्वर आचार्य, डा.प्रेमबहादुर थापा, डा.चन्द्र मिश्र, डा.मोहन भट्टराई, डा.रविन्द्र श्रेष्ठ, डा.दीपक काफ्ले, डा.चिरायु भारी, डा.कुलदीप नारायण अग्रहरी लगायतका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरमा पवित्रा उच्च मा.वि., छपेली साँस्कृतिक युवा क्लव बन्दीपुर, नेपाल जुनियर रेडक्रस सर्कल पवित्रा उच्च मावि. र मोति मेडिकल हल डुम्रेले पनि सहयोग गरेका थिए । शिविर संचालनका लागि समाजका सल्लाहकार पवन ढकाल, हर्खबहादुर गुरुङ्ग, हरि खनाल, सदस्यहरु राजेश्वर श्रेष्ठ, महेश सिग्देल, सूर्यप्रसाद लम्साल लगायतका व्यक्तिहरुको उल्लेख्य भूमिका रहेको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समिति अध्यक्ष गंगा पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । तनहुँ सम्पर्क समाजका अध्यक्ष इश्वर सुवेदीको अध्यक्षताामा सम्पन्न कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सुपरिटेण्डेन्ट डा.बुद्धिबहादुर थापा, समाजका बरिष्ठ अध्यक्ष गणेश थापा, पवित्रा उच्च मा.वि.का अध्यक्ष कुमार श्रेष्ठले पनि बोल्नुभएको थियो भने कार्यक्रमको संचालन समाजका महासचिव अम्बिका प्रसाद भट्टराईले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.