जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १८ छिनेडाँडामा नेपाल प्रहरीले लागू औषध प्रयोगकर्ताहरुलाई पुनः सामाजिकिकरण गर्ने पवित्र उद्धेश्य राखी स्थापना गरेको आसरा सुधार केन्द्र, काठमाण्डौको विस्तारित क्षेत्रीय शाखा कार्यालय पोखरा भवनको श्रीमान् प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह र भाटभटेनी सुपर मार्केटका अध्यक्ष समाजसेवी श्री मिन बहादुर गुरुङ्ग ज्यूले एक समारोह विच संयुक्त रुपमा शिलान्यास गर्नु भयो । उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीमान् प्रहरी महानिरीक्षकज्यूले सो भवन निर्माणमा सहयोग पु¥याउनु भएका मिन बहादुर गुरुङ्ग ज्यूलाई विशेष धन्यवाद टक्राउनु हुँदै आ–आफनो क्षेत्रबाट सहयोग पु¥याउनु हुने अन्य महानुभावहरुलाई समेत धन्यवाद ज्ञापन गर्नु भयो । साथै प्र.म.नि. शाहले स्थापना हुन गईरहेको यस सुधार केन्द्रले बाटो विराई लागू औषधको दुव्र्यसनमा फसेका युवाहरुलाई पुनःसामाजिकिकरण गरी सही मार्गमा ल्याउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
सो समारोहमा
बोल्दै कार्यक्रमका विशिष्ट अतिथि
श्री मिन बहादुर
गुरुङ्ग ज्यूले आफु लामो
समय पश्चात पोखरा
आएको र यसरी
आउँदा नेपाली समाजको
प्रचलन अनुसार पोखराबासीलाई कोसेली
स्वरुप यो भवनको
योजना ल्याएको कुरा
व्यक्त गर्नु भयो ।
साथै सेवाको मौका
प्रदान गर्ने नेपाल प्रहरी
संगठन, प्र.म.नि. रविन्द्र
प्रताप शाह ज्यू
र अन्य प्रहरी
अधिकृत ज्यूहरुलाई धन्यवाद प्रदान
गर्नु भयो ।
उक्त समारोहको अन्त्यमा
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय
पोखराका प्रमुख प्र.ना.म.नि.
श्री राजेन्द्र सिंह
भण्डारी ज्यूले धन्यवाद ज्ञापन
गर्नु भएको थियो
भने अञ्चल प्रहरी
कार्यालय गण्डकीका प्रमुख प्र.ब.उ.
श्री रोमेन्द्र सिंह
देउजा ज्यूले आसरा
सुधार केन्द्रको जानकारी
तथा स्वागत मन्तव्य
व्यक्त गर्नु भएको थियो
।
सो समारोहमा
पुर्नस्थापना केन्द्रको तर्फबाट गेट
वे फाउण्डेशनका संयोजक
श्री निरज गुरुङ्ग,
लागू पदार्थ नियन्त्रण
तथा समाज सुधार
आमा समूह बगरकी
अध्यक्ष शान्ता देवी गुरुङ्ग,
कास्की जिल्ला सामुदायिक सेवा
केन्द्र जिल्ला समन्वय अध्यक्ष
सिता गुरुङ्ग, पोखरा
नगर विकास समितिका
अध्यक्ष जित बहादुर
गुरुङ्ग, नि. क्षेत्रीय
प्रशासक दामोदर रेग्मीले मन्तव्य
व्यक्त गर्नु भएको थियो
।
साथै उक्त
कार्यक्रममा नेपाली सेनाका पश्चिम
पृतनापति, अन्य सुरक्षा
निकायका सुरक्षा निकायका उच्च
अधिकृतहरु, जिल्ला स्थित सरकारी
कार्यालयका प्रमुखहरु, आमा समूहका
पदाधिकारीहरु, सामुदायिक सेवा केन्द्रका
पदाधिकारीहरु, लागू औषध
सँग सम्बन्धित संस्थाका
प्रतिनिधिहरु, बुद्धीजिवी, उद्योग बाणिज्य
संघका पदाधिकारीहरु, समाजसेवी
एवं पत्रकारहरुको समेत
उपस्थिति रहेको उक्त कार्यक्रम
१:४५ बजे शुरु
भई ३:४५ बजेको
समयमा समाप्त भएको ।
No comments:
Post a Comment
Please, comment about this article.