Wednesday, June 6, 2012

नेकपा एमाले क्षेत्र नं.३ कास्की जेठ २६ गते काठमाण्डौ जाउँ कार्यक्रममा जुट्यो

   नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं.३ कास्कीको विस्तारित २० औं पूर्ण बैठक बुधबार सम्पन्न भयो । क्षेत्रीय अध्यक्ष राजीव पहारीको अध्यक्षतामा भएको बैठकमा क्षेत्रीय सचिवालय सदस्य क्या.लालकाजी गुरुङ्ग नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई व्यक्त गरियो । वहाँलाई नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जि.सी.ले खादा पहि¥याएर शुभकामना व्यक्त गर्नुभएको थियो ।
       बैठकमा जिल्ला अध्यक्ष जि.सी.ले जेठ १४ को संविधान जारी नहुनुमा एनेकपा माओवादीको सर्वसत्तावादी सोंच र जातीय भड्काउवादी नीति प्रमुख कारण रहेको चर्चा गर्नुभयो । राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य क्या.लालकाजी गुरुङ्गले कुनै एक आदिवासी जाति वा खस जातिका नाममा मुलुक फस्न नहुने बताउँदै उत्पीडित जाति, जनजाति र शोषित पीडितले अधिकार प्राप्तिका लागि निश्चित कार्यक्रमको अपेक्षा गरेका छन् भन्नुभयो ।

       सो बैठकबाट जेठ २९ गते उत्पीडित जाति र जनजातिका अगुवा कार्यकर्ताहरुबीचमा राज्य पुनःसंरचना र उनीहरुका अधिकार सवालमा एक वृहत कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । सो भेलालाई सफल पार्न क्षेत्रीय अध्यक्ष राजीव पहारीको अध्यक्षतामा खड्ग हमाल, धनबहादुर नेपाली, मञ्जु गुरुङ्ग, कर्णसिंह गुरुङ्ग, नगेन्द्र, फत्त गुरुङ्ग, पुष्पा गुरुङ्ग घले, नरेन्द्र मित्रकोटी, कमल भुजेल, टंक विश्वकर्मा, जगन्नाथ विश्वकर्मा, रिषव तिमला, सुवर्ण श्रेष्ठ, कालिबहादुर परियार र गोपी तुलाचन रहेको एक समिति गठन गरेको  छ ।
       जेठ १४ को संविधानसभा भंग भएपछि सृजित संवैधानिक संकट र प्रधानमन्त्री डा.बाबुराम भट्टराई अलोकतान्त्रिक कदम विरुद्धमा नेकपा एमाले लगायतका राजनीतिक दलहरुको संयुक्त आयोजनामा जेठ २६ गते काठमाण्डौमा हुने बृहत विरोध सभामा यस क्षेत्रबाट व्यापक सहभागिताका लागि काठमाडौं जाऔं जनपरिचालन अभियान तयारीमा जुटेको छ ।
       बैठकले नेकपा एमाले क्षेत्र नं.३ मातहतका पार्टी शाखाहरुबाट सिफारिस भई आएका ९६ जना संगठित सदस्यका लागि प्राप्त फर्म स्वीकृत गरी अनुमोदनका लागि जिल्ला कमिटीलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।


No comments:

Post a Comment

Please, comment about this article.