अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना एवं व्यवस्थापनमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
संस्थामा आवद्ध विभिन्न कार्यक्षेत्रभित्रका ५५ जना शेयर सदस्यहरुबीच भएको बचत तथा ऋण सम्बन्धी अन्तरक्रिया कार्यक्रम संस्थाका अध्यक्ष निता बरालको अध्यक्षता एवं शिक्षा उपसमिति संयोजक सीतादेवि क्षेत्रीको संयोजकत्वमा भएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा बचत सेवा तथा ऋणको भाखा नाघ्दा संस्था एवं सदस्यहरुलाई पर्ने असर तथा ऋण नियमित असुलीबाट फाइदाका बारेमा सदस्यरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निता बराल, ऋण उपसमिति संयोजक पवित्रा के.सी. लगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा संस्थाका सचिव कमलादेवि गिरीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.