१) मिति २०६९।२।२० गते ४:०० बजेको समयमा जि. कास्की भरतपोखरी गा.वि.स. ३ स्थित मूलपानीको जंगलमा ऐ.ऐ. बस्ने सरोज आचार्य, अशोक आचार्य, आशिष पौडेल, सुभाष लामिछाने र ले.न.पा. १२ वतन भई भरतपोखरी ३ बस्ने सुजित मोहन पौडेल समेत ५ जना कालिज मार्न भनी भरुवा बन्दुक लिई जंगलमा गएको अवस्थामा अशोक आचार्यले बन्दुक बोकी हिडी रहेको समयमा निज अचानक लडन गई सो बन्दुक पडकिदा निज पछाडि हिडी रहेका सरोज अचार्यको पेटमा गोलीको छर्रा लागि घाईते भई चरक अस्पतालमा भर्ना भई उपचार भईरहेकोमा निज घाईते सरोज आचार्यको आज मिति २०६९।२।२२ गते बिहान ०५:०० बजेको समयमा उपचार गर्दा गर्दै सोही अस्पतालमा निधन भएको, उक्त घटना बारेमा अनुसन्धान कार्य भईरहेको ।
२) मिति २०६९।०२।२२ गते ६:४५ बजेको समयमा ले.न.पा. १३ लामेअहाल स्थित सेती नदीको किनारमा अवधि पुगेर जन्माएर फालेको अवस्थामा पुरुष बच्चा मृत अवस्थामा फेला परेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी चौकी शिसुवा तथा व.प्र.का. गगनगौडा बाट प्रहरी टोली खटिई गई घट्नास्थलको कार्य सम्पादन गरी उक्त शव पोष्टमार्टमको लागि प.क्षे. अस्पताल पोखरामा ल्याई राखिएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
No comments:
Post a Comment
Please, comment about this article.