Pages

Monday, June 18, 2012

60 days campaign on witchallegation बोक्सीको आरोपमा महिला माथि हुने अपराध विरुद्धको ६० दिने अभियानको समापन


काठमाडौं, असार ४
बोक्सीको आरोपमा महिलामाथि गरिने अपराध+मानव अधिकार हनन्को स्थीति विरुद्ध सञ्चालन गरिएको ६० दिने अभियानको सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना समापन गरिएको छ । कुसंस्कार, कुरीति तथा अन्धविश्वासका कारण बोक्सीको आरोप लगाई हरेक महिना कम्तिमा ५ जना महिलाहरु माथि नेपालमा कुटपीट हुने, मलमुत्र ख्वाइने, घर तथा गाँउ निकाला गरिने, आँखा तथा योनी जस्तो संवेदनशिल अंगहरु अंगभंग गरिनुका साथै शारीरिक र मानसिक हिंसा हुने गरेको छ । ओरेक नेपालका अनुसार ०६८ बैशाख देखि फाल्गुनसम्म ९२ जना महिलाहरुलाई बोक्सीको आरोपमा विभिन्न खालको हिंसा भएको छ । यसै तथ्यांकलाई आधार मान्दै २०६८ चैत्र २८ गतेदेखि देश व्यापीरुपमा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालको संयोजकत्वमा ओरेक नेपाल, राष्ट्रिय महिला अधिकार मञ्च, महिलाको निम्ति महिला मञ्च, कृतिका अभियान, एक्सन एड नेपाल र केयर नेपालले संयुक्त रुपमा बोक्सीको आरोपमा महिलामाथि गरिने अपराध÷मानव अधिकार हनन्को स्थीति विरुद्धको ६० दिने अभियान शुरुवात गरेको थियो ।बोक्सीको आरोप लगाई महिला माथि गरिने हिंसा सम्बोधन गर्ने प्रभावकारी कानूनको अबिलम्ब व्यवस्था गरिनुपर्ने, बोक्सीको आरोप लागी अपराध खप्नबाध्य महिलाहरुका लागि तुरुन्तै न्याय प्राप्तगर्ने संयन्त्रको व्यवस्था गरिनुपर्ने, प्रभावितहरुको सामाजिक, आर्थिक, अधिकार सुनिश्चितता गर्ने प्रभावकारी व्यवस्था गरिनुपर्ने र सरकारी तहबाट बोक्सी अन्धबिश्वास हो, सामाजिक कुरीतीजन्य सोचको परिणाम हो भन्ने बुझाउने खालको प्रभावकारी संचार अभियान संचालन गरिनुपर्ने चारवटा माग राखेर अभियान सञ्चालन गरिएको थियो ।समापन कार्यक्रममा विभिन्न जिल्लाका पनि गाँउ–गाँउमा महिला मानवअधिकार रक्षकहरुको संजालद्वारा सचेतना मुलक तथा दवावमुलक कार्यक्रम संचालन गरी करीब १७
जना वोक्सीको आरोपमा यातना खेप्न बाध्य महिलाहरुको आवाज संकलन गरी सरोकारवालाहरुको ध्यानाकर्षण गरिएको अभियान संयोजक डा. रेणु राजभण्डारीले बताउनुभयो ।समापन कार्यक्रममा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले आफूले यस अभियानको शुरुवातमा बोक्सी आरोपीत महिलाहरुको दृश्यसहित कार्यक्रम तथा हाल श्रव्य कार्यक्रममा सहभागी भै बोक्सीको आरोपमा गरिने अमानवीय कार्य विरुद्ध ऐक्यवद्धता जनाएको बताउनुभयो । नेता केसीले आफुले पार्टीमा पनि यस विषयमा छलफल गर्नुका साथै आफ्नो पार्टीले सशक्त रुपमा यो कुसंस्कार विरुद्ध सहयोग, योगदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।एमालेका सुजिता शाक्यले आफ्नो पार्टीले महिला हिंसा अन्त्यका लागि आवाज उठाउदै आएको र भगिनी संस्थाले पनि महिला हिंसा अन्त्यका लागि अभियानै चलाएको जानकारी दिदै अब बोक्सी विरुद्धको कानुन बनाएर दोषीलाई कार वाही र समाजमा सचेतना ल्याउन यस्ता अभियान अत्यन्तै सहयोगी भएको जनाउदै
आफ्नो पार्टी सधै हिंसाको विरोध गर्ने र आफ्ना कार्यकर्तालाई निर्देशित गरको बताउनुभयो ।मानव अधिकारकर्मी तथा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष डा.रेणु राजभण्डारीले देशको १८ जिल्लामा समुदायस्तर सम्मनै र ७५ वटा जिल्लामा जिल्ला स्तरीय अभियान संचालन गरेको बताउदै अन्धविश्वासका कारण गरिने यस्ता हिंसा असभ्यताको पराकाष्टा हो भन्नुभयो ।बोक्सीको आरोपमा महिला माथि हुने अपराध विरुद्धको ६० दिने अभियान एकदमै सफल भएको भन्दै उहाँले राजनीतिक दल तथा सरकार नै जिम्मेवार भए मात्र यस्ता अपराध तथा मानवअधिकार विरोधी घटना निर्मूल हुने बताउदै यस अभियानमा सहयोग गर्ने संचार माध्यम र सबै नागरिक समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो ।एनेकपा माओवादीका प्रतिनिधी तथा पूर्व शान्ति मन्त्री सत्य पहाडीले अभियान्ताहरुलाई धन्यवाद दिदै महिलाको आर्थिक सशक्तिकरण नभएसम्म महिलाहरु यस्ता कुरिती र कुसंस्कारजन्य अपराधबाट पिडित भइराख्ने बताउनुभयो ।राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गौरी प्रधानले मानवअधिकारकर्मी, सरकारी
निकाय तथा सम्र्पूण वर्ग र क्षेत्रले संसारमा कही कतै बोक्सीको अस्तीत्व छैन र हुदैन भनेर भनेर सन्ेदश दिनुपर्ने बताउनुभयो ।करिब ५० प्रतिशत समुदायका व्यक्तिहरुमा बोक्सी हुन्छ तथा अदृश्य शक्ति हुन्छ
भन्ने विश्वासका कारण आज बोक्सीबाट आरोपीत महिलाहरुले न्याय पाउन नसकेको र धेरै घटनाहरु बाहिर नै आउन नसकेको भन्दै यस्ता घटनालाई न्यायको ढोकासम्म पु¥याउन विशेष गरी संचार माध्यमहरुको सहयोग चाहिने बताउनुभयो । उहाँले आयोगले गर्न सक्ने कानुन बनाउन दवाव दिई कानुन बमोजिम कार
वाही, साक्षिका निम्ति सुरक्षाको व्यवस्था तथा मनोसामाजिक विर्मश गर्न आफू तयार भएको प्रतिवद्धता समेत जनाउनुभयो ।कार्यक्रममा भवानी खरेलले अभियानको प्रशंसा गर्दै यस्ता अपराध निर्मूल गर्न सबै निकायको भूमिका सक्रिय हुनुपर्ने बताउनुभयो ।नेपाल बार एसोसिएसनकी प्रतिनिधी शान्ता सेढाइले यस्ता अपराधजन्य धेरै घटना कानुनी रुपमा अगाडी नआउने र आए पनि थोरैले मात्र न्याय पाएका छन् भन्दै
महिलाको पक्षबाट मुद्दा लड्ने अधिवक्ता आफैलाई धेरै धम्कि आउने गरेको बताउनुभयो । उहाँले यस्ता कुरीति तथा कुसस्कार जन्य प्रथाहरुको उन्मूलन कानुनी प्रक्रियाबाट मात्रै सम्भव छ भन्नुभयो ।महिला आयोगकी सदस्य मनु हुमागाईले तुरुन्त अध्यादेश जारी गरी बोक्सी विरुद्धको विद्देयक ल्याउन जरुरी छ भन्नुभयो ।अधिवक्ता दिनेश त्रिपाठीले महिलामाथि हुने सबै प्रकारको विभेद उन्मूलन महासन्धीमा पनि हस्ताक्षर गरी सकेको नेपालमा अझै पनि महिला हिंसाको अवस्था जस्ताको तस्तै भएको बताउदै विशेष राज्य, न्यायालय र सबै निकाय जवाफदेही हुनपर्ने बताउनुभयो ।भैसीले दुध नदिएका कारण, मान्छे विरामी भएका कारण, खाना रुच्न छाडेका कारण, बाली नसप्रिएको नीहु पारेर आफुहरु माथि यातना दिइएको बोक्सीको आरोपमा यातना खेपेका महिलाहरुको आवाजसमा उल्लेख थियो ।

No comments:

Post a Comment

Please, comment about this article.