मिति २०६९।२।४ गतेको बिवरण
- मिति २०६९।२।४ गते पोखरा पृथ्वीचोक स्थित सेती नदीको किनारबाट सडीगलेको अवस्थामा थप १ महिलाको मृत शव फेला परेको, निजको हालसम्मको सनाखत नभएको र उक्त मृत शव प.क्षे. अस्पतालको शव गृहमा राखिएको ।
- हालसम्म सनाखत भएको शव संख्या २७, सनाखत हुन बाँकी शव ५ (पुरुष २, महिला १, महिलाको टाउको १, ढाडको हड्डी १) गरी जम्मा मृत्यु संख्या ३२ रहेको ।
- पहिचान नखुलेका ७ वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेको ।
- दैवी प्रकोपमा परि मृत्यू भएका प.क्षे. अस्पताल र मणिपाल शिक्षण अस्पतालमा पोखरामा राखिएका केही शवहरु र मानव अंगहरु हालसम्म पनि सनाखत हुन नसकेकाले यस कार्यालयको अनुरोध अनुुसार काठमाण्डौंबाट डा. प्रमोद श्रेष्ठ र डा. रिजन श्रेष्ठ सहितको विशेषज टोली पोखरामा आई आजैबाट कार्य शुरु गर्नु भएको ।
No comments:
Post a Comment
Please, comment about this article.