Nepal Red Cross Society उपशाखा १०, ११ द्वारा राहत संकलन |
नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ द्वारा विश्व रेडक्रस दिवस ८ मे २०१२ को अवसर पारेर सेतीनदीमा आएको अकल्पनीय बाढीले विस्थापित परिवारलाई राहत स्वरुप सहयोग प्रदान गर्ने उद्देश्यले राहत संकलन तथा ब्याज वितरण कार्य सम्पन्न भयो ।
उपशाखा १०, ११ को कार्यालयबाट शुरु गरिएको उक्त राहत संकलन कार्य कालिकामन्दिर चोक, राममन्दिरचोक, रामबजार, श्रीकृष्ण मन्दिरचोक, इन्द्रमार्ग, बुद्धचोक, अमरसिंहचोक हुँदै पुनः उपशाखामा गई समापन गरिएको थियो ।
उक्त राहत संकलन कार्यक्रममा स्थानीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थिायो । उक्त अवसरमा मे.कृष्ण बहादुर गुरुङ्गबाट एकहजार, डिलबहादुर के.सी.बाट एकहजार, कुलबहादुर गुरुङ्गबाट एकहजार बीस गरी जम्मा रु.२३ हजार १ सय ३७ रुपैयाँ संकलन भएको थियो ।
बाढीमा परी स्वर्गारोहण भएकालाई मृतआत्माको शान्तिको कामना गर्दै बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरि शुरु गरिएको उत्तः कार्यउक्रममा उपशाखा १०, ११ का कार्यवाहक सभापति सम्मरबहादुर श्रेष्ठ, सचिव बालाकृष्ण शर्मा, सहकोषध्यक्ष जीवन श्रेष्ठ, सहसचिव कलावति शर्मा, युवा अध्यक्ष सन्तोष सिग्देल, सदस्य महेन्द्र भुर्तेल, चण्डीका अधिकारी, हरिमाया भुजेल, विष्णु आचार्य, रिता पौडेल, नलु गुरुङ्ग लगायतका रेडक्रसप्रेमीहरुको उपस्थिति रहेको थियो ।
उक्त संकलित रकम उपशाखा १०, ११ ले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की मार्फत सम्बन्धित स्थानमा पु¥याउने व्यवस्था मिलाइने जानकारी उपशाखा १०, ११ का कार्यवाहक सभापति सम्मरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
Please, comment about this article.