पोखराको बगर स्थित केफ उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्र राजकुमार परियारको असामयिक निधन प्रति बिहीवार विद्यालय प्राङ्गणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो ।
शारीरिक रूपमा अशक्तता खेप्दै आएका मिलनसार, लगनशील तथा कर्तव्यनिष्ठ एवं चित्रकारितामा प्रखर छात्र राजकुमार परियारको नामबाट विद्यालयले राजकुमार स्मृति चित्रकला पुरस्कारको स्थापना गरेको श्रद्धाञ्जली सभामा विद्यालयका प्राचार्य डिल्लीराम अधिकारीले जानकारी गराएका थिए । यो पुरस्कार वर्षभरिमा विद्यालयबाट चित्रकलामा उत्कृष्ठ ठहरिने एक जना विद्यार्थीलाई प्रदान गरिने समेत प्राचार्यले बताए । एक मिनेटको मौन धारणबाट सुरुवात भएको शोक सभामा विद्यालयका निर्देशक लोकराज भण्डारी, प्राचार्य डिल्लीराम अधिकारी, कक्षा शिक्षक हरिमाया आचार्य र समकक्षी छात्रा विनिता पराजुलीद्वारा शोक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सह–क्रियाकलाप संयोजक रेशमप्रसाद ढकालले गरेका थिए । पिता गंगाबहादुर परियार र माता चिजकुमारी परियारका पुत्र राजकुमार परियार वि.सं.२०५९ साउन २० गते घान्द्रुक–३, हुँदुमा जन्मिएका थिए । स्व.राजकुमार परियारको यही जेठ ११ असामयिक निधन भएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.