Friday, May 18, 2012

Drug caught by Police in Pokhara

                         लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो सहित मानिस पक्राउ:

१)    मिति २०६९।२।१ गते वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा – १ ट्याक्सी चोकमा शंकित अवस्थामा हिडीरहेको विरगंज उप.म.न.पा. वडा नं. १५ बस्ने वर्ष ३९ को काशी मियालाई तलासी लिने क्रममा लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ अं. २६ ग्राम सहित बरामद गरी निजलाई पक्राउ गरी लागू औषध खैरो हिरोईन मुद्धामा अनुसन्धान कार्य भईरहेको ।

२)    पोखरा उ.म.न.पा. वडा नं. ७ मासवारमा लागू औषध ब्राउन सुगरको विक्री वितरण हुन्छ भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई पोखरा र यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जि. दोलखा भेदपु गा.वि.स. वडा नं. ७ स्थायी घर भई हाल पोखरा ७ मासवारमा डेरा गरी बस्ने वर्ष ४० को गोविन्द अधिकारी र निजको श्रीमती वर्ष ३२ कि विन्दा अधिकारीलाई लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ८१ ग्राम निजहरुको घर कोठाको टवाईलेटको प्यान भित्र सेतो प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा वरामद गरिएको र  निजहरुलाई पक्राउ गरी लागू औषध खैरो हिरोईन मुद्धामा अनुसन्धान कार्य भईरहेको ।

No comments:

Post a Comment

Please, comment about this article.