कास्कीको सराङ्गकोट गाविस वडा नं. ९ स्थित श्री सृजना प्रा.वि.मा अध्ययनरत ४२ जना विद्यार्थीहरुलाई बाल कल्याण संस्था सराङ्गकोट र नेपाल हाउसद्वारा विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरिएको छ ।
संस्थाका संस्थापक पिटर र श्रीमती दुर्गाको प्रमुख आतिथ्यतामा एवं सराङ्गकोट गा.वि.स. सचिव विष्णु प्रसाद पौडेलको संयोजनमा भएको उक्त कार्यक्रममा नेपाल हाउसका अध्यक्ष रणबहादुर थापा, कार्यक्रम संयोजक शिव थापा, बाल कल्याणका मेनेजर विजय प्रधान, टुँडिखेल श्रोत केन्द्रका श्रोत व्यक्ति भिमराज पौडेल, विद्यालयका प्र.अ. डिल्लीराम अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य होमबीर पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका संगिता सुवेदी र कार्यक्रमको संचालन शिक्षिका कामाक्षी कार्कीले गर्नुभएको थियो ।
उक्त अवसरमा विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए
No comments:
Post a Comment
Please, comment about this article.