१) मिति २०६९।१।२३ गतेका दिन
अचानक सेती नदीमा
बाढी आई सो
बाढीले घर, सवारी
साधन, मानिसहरु तथा
चौपाया समेत बगाई
वेपत्ता बनाएकोमा वेपत्ता मानिसहरु
(पुरुष, महिला, केटाकेटी) को
खोजी गनेर् क्रममा कास्की जिल्लाको
सार्दीखोला गा.वि.स. वडा
नं. ७ देखि
ले खनाथ नगरपालिका
सम्मको सेती नदीको
किनारका विभिन्न एरियाबाट मानवका
शव तथा मानव
अंगहरु फेला पारी
उक्त मानव शव
तथा अंगहरु पोष्टमार्टम
तथा सनाखतको लागि
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा
राखिएकोमा कतिपय शव तथा
मानव अंगहरु मृतकका
आफन्तहरुले सनाखत गरी दाहसंस्कारको
लागि बुझि लिई
दाहसंस्कार गरिसकेका, बाँकी रहेका
मानव शरिर तथा
अंगहरु हालसम्म पनि सनाखत
हुन नसकी दाहसंस्कार
गर्न नसकिएकोे र
उक्त शव तथा
मानव अंगहरु सडी
गली औसा किराहरु
परी दुर्गन्धित भै
अस्पतालको वातावरणमा नै गम्भिर
असर पर्न गएकोले
सनाखत नभएका शवहरु
पछि कोही कसैले
सनाखत गर्न सक्ने
भएमा शवका अवशेष
बुझाउने गरी उक्त
शवहरु विपत पश्चातको
शव व्यवस्थापन सम्बन्धी
मार्गदर्शन, २०६८ बमोजिम
शव व्यवस्थापन उपसमितीको
निर्णयनुसार कास्की जिल्ला पोखरा
उप.म.न.पा.– १०
रामघाट स्थित सेती नदीको
किनारमा निम्न प्रतिनिधीहरुको उपस्थितिमा
खाल्डो खनी क्रमसः
पुरी अस्थायी व्यवस्थापन
गरिएको ।
उपस्थिती :
- नेपाल रेडक्रस सोसाईटी कास्कीका वरिष्ठ अधिकृत श्री खेमराज सापकोटा
- पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका प्रतिनिधि श्री किरण रेग्मी
- नयाँ गोरख गण फुलवारीका प्रतिनिधि सह–सेनानी रुपेश चापागाई
- मुक्तिनाथ बाहिनी पोखराका स.प्र.ना.उ. भोला गिरी
- श्री पोखरा उप.म.न.पा. वडा नं. १० का वडा सचिव नवराज थापा
- जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधी प्रहरी निरीक्षक रविन्द्रनाथ पौडेल
- जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि प्रहरी नायव निरीक्षक कृष्ण राना ।
गाडिएका
शवहरुको बिवरण :
- महिलाको शव १
- महिलाको टाउको १
महिलाको
टाउको नभएको शव
१
पुरुषको
सम्पूर्ण भएको शरिर
१
बायाः हातको कुहिना देखि
तलको अंग १
बाया हातको कुम देखि
तलको अंश १
खुट्टाको
साप्रा देखि तलको
अंग १
दाहिने हात देखि
तलको अंग १
बाया हातको कुहिना देखि
तलको अंग १
बाया हातको पाखुरा देखि
तलको अंग १
दाहिने खुट्टाको गोली गाठो
देखि तलको अंग
१
बायाँ खुट्टाको पन्जा सहितको
भाग १
जम्मा १२ वटा साथै उक्त घट्नामा
परी उद्धारका क्रममा
फेला परेका शवहरु
मध्ये सनाखत हुन नसकेको दाहिने हात
जोडिएको, आधा शरिर
भएको दाहिने साप्रा
सम्मको भाग मणिपाल शिक्षण अस्पतालमा रहेको
।
जिल्ला प्रहरी कार्यालय कास्की
No comments:
Post a Comment
Please, comment about this article.