गत बैशाख २३ गते शनिवार सेतीनदीमा आएको आकस्मिक बाढी पहिरोबाट पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त अकल्पनीय क्षतिले विस्थापित परिवारलाई राहत स्वरुप कपडा व्यवसायी एशोसिएसन पोखराबाट राहत स्वरुप करीब दुईलाख बराबरको कपडाहरु नेपाल रेडक्रस सोसाइटी कास्कीलाई सोमवार हस्तान्तरण गरिएको छ ।
उक्त सामग्रीहरु संस्थाका अध्यक्ष जनकराज पराजुलीले नेपाल रेडक्रस सोसाइटी कास्कीमा एक कार्यक्रमका साथ हस्तान्तरण गर्नुभएको थियो । जसमा साडीहरु, कुर्था सलवार, गम्छा, तन्ना, सिरानी, ब्ल्याङकेट, विस्तारा सेट, ढाकाटोपी, सल, लुङ्गी, सर्टपाइन्ट, ब्लाउज पिस, कोरा मलमल, पप्लीन, फाइवर सिरानी गरी एकलाख ९९ हजार ४ सय ८० रुपैयाँ बराबरका सामानहरु रहेका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
Please, comment about this article.