|
Brahman Samaj Nepal strike Pokhara 1 |
|
Brahman Samaj Nepal strike Pokhara 2 |
|
Brahman Samaj Nepal strike Pokhara 3 |
|
Brahman Samaj Nepal strike Pokhara 4 |
|
Brahman Samaj Nepal strike Pokhara 5 |
मिति २०६९।१।२८ गते संयूक्त संघर्ष समिति द्धारा आव्हान गरेको नेपाल बन्दको क्रममा भएका घटनाहरुको बिवरण:
- बन्दको समयमा कुनै पनि अप्रिय घट्ना हुन गर्न नदिनको लागि बिहान ०५:३० बजे देखि नै पोखरा उप.म.न.पा. तथा लेखनाथ न.पा.को मुख्य मुख्य चोकहरुमा नेपाल प्रहरी परिचालन गरिएको ।
- अं. १०:५० बजेको समयमा पोखरा १७ स्थित डेभिडफल्समा रहेको चिया पसल खुल्ला रहेको भनि बन्दकर्ताहरुले बन्द गराउन खोज्ने क्रममा २ पक्ष विच झडप हुँदा २ जना वन्दकर्ता घाईते भई उपचारको लागि अस्पतालमा लगिएको । घाइतेहरुमा पोखरा १७ छोरेपाटन बस्ने वर्ष ४७ को नरेन्द्र कार्की र पोखरा १७ विरौटा बस्ने राजेन्द्र पाठक रहेका, घाईते मध्ये राजेन्द्र पाठक सामन्य उपचार गराई डिस्चार्ज भएका र नरेन्द्र कार्कीको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको । सो घटनामा संलग्न भएको आशंकामा ८ जनालाई प्रहरी नियन्त्रणमा लिईएको र निजहरुको संलग्नताको बिषयमा छानविन भईरहेको ।
- अं. ३:०० बजेको समयमा पोखरा ९ पृथ्वीचोकमा ढुंगामुढा गर्ने प्रर्दशनकारीहरुलाई प्रहरी द्धारा सम्झाई बुझाई गर्दा समेत नमानीकोले स्थितिलाई नियन्त्रणमा लिनको लागि ११ राउण्ड अश्रृग्याँस प्रहार गरिएको । सो क्रममा नेपाल प्रहरीका ३ जना जवान घाईते भएको । ढुंगा मुढा गर्ने काममा संलग्न १२ जनालाई प्रर्दशनकारीहरुलाई प्रहरी नियन्त्रणमा लिईएको ।
अन्य :
- मिति २०६९।१।२८ गते पोखरा १४ चाउथे बस्ने वर्ष ३१ को मनोज थकाली विजय पुर खोलामा पौडी खेल्ने क्रममा ढुंगामा ठोकिएर मृत्यु भएको भन्ने सूचना प्राप्त भए अनुसार प्रहरी टोली घटनास्थलमा गई प्रारम्भिक अनुसन्धान सम्पन्न गरि मृतक शवलाई आफन्तको जिम्मा लगाईएको ।
मिति: २०६९।१।२८ गते ५:४५ बजे ।
जिल्ला प्रहरी कार्यालय, कास्की
Brahman Samaj Nepal's Strike in Pokhara
No comments:
Post a Comment
Please, comment about this article.