हेरालो प्रतिष्ठान कास्की पोखराको पदस्थापन समारोह सो संस्थाका अध्यक्ष योगेन्द्र शेरचनको सभापतित्वमा पोखरा पर्यटन बोर्डको सभाहल ड्यामसाइड पोखरामा मंगलबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जापानका लागि नेपालका पूर्व राजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्रा.केदारभक्त माथेमाले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष योगेन्द्र शेरचनले नवनिर्वाचित अध्यक्ष रोश गुरुङ्गलाई अध्यक्षीय माला लगाइदिएर र संस्थाका दस्तावेजहरु हस्तान्तरण गरी पदस्थापित गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष रोश गुरुङ्गले संस्थाका भावी कार्यक्रमहरुबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथि पोखरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्ण थापा, प्राज्ञ एवं बरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठ र हेरालो प्रतिष्ठानका मानार्थ सदस्य एव्ं बुद्ध फाउण्डेशन जापानका अध्यक्ष डा.ताकाजी यामागुचीले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा हेरालो प्रतिष्ठानले पोखरामा व्यावसायिक रुपमा पहिलो पटक होटल तथा रेष्टुरेण्ट व्यवसायको शुरुवात गर्ने स्व.अमर थापालाई सम्मान गरिएको थियो । उक्त सम्मान स्व.अमर थापाका छोरा मेखबहादुर थापाले ग्रहण गर्नुभएको थियो ।
यसैगरी संस्थाका पूर्व अध्यक्ष निरज थापालाई उत्कृष्ट सदस्य अवार्डद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष महेन्द्र श्रेष्ठले संस्थाको स्थापनाका बारेमा प्रकाश पार्नुभएको थियो भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । समारोहमा संस्थाका सदस्य सचिव गणेश बरायलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव बाबुराम बरालले गर्नुभएको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.