Tuesday, May 8, 2012

रोटरी अन्नपूर्णद्वारा पानी टंकी हस्तान्तरण

      रोटरी क्लव अफ पोखरा अन्नपूर्णद्वारा लुम्ले गा.वि.स. वडा नं.२ पात्लेखेत गाउँमा स्थानीय बासीको निम्ति ७ हजार ५ सय लिटर क्षमताको पानी टंकी निर्माण गरी एक समारोहका बीच स्थानीय बासीलाई हस्तान्तरण गरियो ।
       रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रो.कृष्णमान गुभाजु र दक्षिण कोरियन नागरिक एवं कोइकाका स्वयंसेवक पार्क इन गोयू (इन्द्र) ले संयुक्त रुपमा उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभएको थियो ।
       उक्त आयोजना रोटरी क्लव अफ पोखरा अन्नपूर्णको व्यवस्थापन, स्थानीय बासिन्दाको श्रमदान र कोइका स्वयंसेवक पार्क इन गोयूको आर्थिक सहयोग गरी कुल ४ लाख ३१ हजारको लागतमा सम्पन्न भएको थियो ।
       कार्यक्रममा कोइकाका स्वयंसेवक पार्कले देश विकास गर्न प्रत्येक नागरिकले आ–आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्ने बताउनुभयो । रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रो.कृष्णमान गुभाजुले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको संचालन गोलमान गुरुङ्गले गर्नुभएको थियो । पानी टंकी निर्माण कार्यको व्यवस्थापन रो.रोश गुरुङ्गले गर्नुभएको थियो । 

No comments:

Post a Comment

Please, comment about this article.