पृथ्वीनारायण क्याम्पस शिक्षाशास्त्र संकाय, स्नात्तकोत्तर तह, नेपाली शिक्षा विभागबाट बार्षिक रुपमा प्रकाशित हुने भाषिक, साहित्यक, समालोचनात्मक एवम् अनुसन्धानमूलक पत्रिका यात्रा–३ को विमोचन पृथ्वीनारायण क्याम्पसको सभाहलमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन तथा पत्रिकाको विमोचन क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गेहेन्द्रश्वर कोइरालाले गर्नुभएको थियो । समिक्षक सहप्राध्यापक डा.यदुनन्दन उपाध्याय, उपाध्यक्ष तुलसी तिवारी, सम्पादक मण्डलको तर्फबाट शिवहरि सुबेदी, संस्थापक अध्यक्ष लोकचन्द्र खनाल, यात्रा वर्ष–२ का अध्यक्ष भानुभक्त पोखरेल, संरक्षक एवम् विभागीय प्रमुख डा.रामनाथ ओझा, सल्लाहकारहरु चोलाकान्त ओझा, डा.नरहरि उपाध्याय गौतम, बोधराज ढकाल, डोलराज अर्यालले लगायतले बोल्नुभएको कार्यक्रमकी सदस्य लक्ष्मी सुबेदीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा मिना भण्डारी, लक्ष्मी सुबेदी, नारायण पराजुली, असफल गौतमले गीत तथा गजल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रेशम ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने प्रकाशन समूहका अध्यक्ष हिमाल पौडेलको अध्यक्ष कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संचालन सचिव दिलिप ‘विवश’ अर्यालले गर्नुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.