Saturday, May 19, 2012

ऋण तथा लेखा व्यवस्थापन तालिम सम्पन्न


       अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि. र नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजना एवं सेन्टर फर माइक्रोफाइनान्स काठमाण्डौको सहयोग जेठ १ देखि ५ गतेसम्म संचालन भएको पाँचदिने सहकारी ऋण तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
       सिद्धार्थ क्लवका अध्यक्ष सचिन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीको तर्फबाट शाल्भी बाँस्तोला र सीतादेवि क्षेत्रीले तालिम लिएर आफ्नो संस्थाप्रतिको जिम्मेवारीबोध भएको र यस्ता तालिमहरु बेलाबेलामा संचालन गर्नको लागि अनुरोध गर्नुभएको थियो ।
       कार्यक्रममा सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निता बराल, सचिव कमला गिरी, नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सावित्रा कोइराला, प्रशिक्षक नरेश नेपाल लगायतले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सुझाव दिनुभएको थियो ।
       कार्यक्रमको संचालन नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका सचिव निर्मला मर्सानीले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.