Saturday, May 19, 2012

सूर्यचन्द्र विकास समाजको १० औं साधारणसभा सम्पन्न


News of Pokhara

       सूर्यचन्द्र विकास समाज पोखरा–५, मालेपाटनको १० औं साधारणसभा शनिवार सम्पन्न भयो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रा.डा.बीरेन्द्र सिंह गुरुङ्गले सामाजिक परिवर्तनमा युवाहरुको निर्णायक भूमिका रहने चर्चा गर्नुभयो ।
       सोही अवसरमा सूर्यचन्द्र विकास समाजद्वारा प्रकाशित स्मारिका अंक ३ पुस्तकालय विशेषांकको विमोचन गर्दै प्रमुख अतिथि गुरुङ्गले प्रकाशनले संस्थाको गरिमा बढाएको बताउनुभयो । विशिष्ट सहयोगदाता डा.भरत खत्रीले समाजलाई पढाउन पुस्तकालयको माध्यम अर्थपूर्ण रहेको बताउनुभयो ।
       कार्यक्रममा साहित्यकार कुलप्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति शिवप्रसाद कोइराला, सल्लाहकार हरि पराजुली, स्थानीय समाजसेवी रामप्रसाद तिमिल्सिना, शोभाकान्त गौंडेलले मन्तव्य राख्नुभएको थियो ।
       कार्यक्रममा सहिद स्मृति पुस्तकालयलाई अर्थिक सहयोग गर्नुहुने गंगा के.सी., कृष्णप्रसाद बराल (पोखरा–७), तर्क तामाङ (हेमजा गा.वि.स.) लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विश्वबन्धु भूत्र्याल र डा.भरत खत्रीबाट पुस्तकालयका लागि पुस्तकहरु प्रदान गर्नुभएको थियो ।
       सूर्यचन्द्र विकास समाजको १० औं साधारणसभाले लक्ष्मण कोइरालाको अध्यक्षतामा १३ सदस्यीय प्रबन्ध समिति गठन गरेको छ । समितिको कार्यकारी निर्देशकमा धनबहादुर नेपाली, उपाध्यक्षमा बसन्त भण्डारी, महासचिवमा गायत्री भूत्र्याल, सचिवमा केदारप्रसाद कोइराला, कोषाध्यक्षमा कृष्ण प्रसाद बराल र पदेन सदस्यमा राजु प्रसाद सुवेदी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा कमला गौतम, चिरन्जीवी बराल, सन्दीप कोइराला, यदुनाथ बराल, अर्जुन पौडेल, सावित्री कोइराला रहनुभएको छ ।
       प्रबन्ध समिति पदाधिकारीहरुलाई उमा कोइराला, केशव बरालले बधाई व्यक्त गर्नुभएको थियो ।
       उद्घाटन समारोहको अध्यक्षता निवर्तमान अध्यक्ष राजु प्रसाद सुवेदी र संचालन महासचिव बसन्त भण्डारी र स्वागत उपाध्यक्ष लक्ष्मण प्रसाद कोइरालाले गर्नुभएको थियो ।
       नवनिर्वाचित अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा आजै बसेको बैठकले प्रबन्ध समितिको सल्लाहकारमा कृष्णमणि भूत्र्याल, खगेन्द्रदेवि घिमिरे, रामप्रसाद तिमिल्सिना, सूर्यप्रसाद तिवारी र विनोद कोइरालालाई मनोनयन गरेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.