नयाँ शैक्षिक वर्षको सुरुवातसँगै साइनिङ्ग स्टार आवासीय मा.वि.लेकसाइड पोखराले जुनियर रेडक्रस सर्कलको नयाँ कार्यसमिति गठन गरेको छ । मंगलबार भएको उक्त कार्यक्रम यसै विद्यालयका प्राचार्य नारायणप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व जुरेसका पदाधिकारीहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नवगठित पदाधिकारीलाई प्रमुख अतिथिले खादा तथा विद्यालय प्रशासक रामराज पहारीले अविर लगाई स्वागत गर्नुभएको थियो । नवगठित कमिटीको अध्यक्षमा सनम थापा, उपाध्यक्षमा गौतम गुरुङ्ग, सचिवमा अनुश कुँवर, कोषाध्यक्षमा संगिता गुरुङ्ग, सहसचिवमा समस्ती सोनाम तथा सहकोषाध्यक्षमा एमन रसाइली मनोनित हुनुभएको छ ।
यस शैक्षिक सत्र २०६९ का लागि शिक्षक नायकमा विद्यालयका विज्ञान विभाग प्रमुख योगेश कुमार क्षेत्री तथा सहशिक्षक नायक कम्प्युटर विभाग प्रमुख मनोनित हुनुभएको छ ।
यसै सन्दर्भमा विद्यालयले सेतीबाढी पीडितको लागि सोमवारबाट राहत संकलन कार्यक्रम पनि जारी राखेको छ ।
No comments:
Post a Comment
Please, comment about this article.