Monday, May 7, 2012

हाम्रो डिल डकमद्वारा बाढीप्रभावित कोषमा दशहजार दिने घोषणा


हाम्रो डिल डट कमले माछापुच्छ«े गाविसमा सेतिनदीमा आएको बाढिका कारण भएको जनधनको क्षति प्रति गहिरो दुःख प्रकट गर्दै नगद रु १०,०००  घोषणा गरेको छ । आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै हाम्रो डिल डटकमले प्रकृतिको क्रुर घटनाले धेरैको असामायिक निधन भएको, कयौं बेपत्ता भएको र ठुलो धनजनको क्षति भएकोमा मर्माहत बनाएको उल्लेख गरेको छ ।
पिडित हरुलाई आर्थिक सहयोगका लागि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली प्रति हाम्रो डिल डटकम मा हरेक नयाँ साइनअप सब्स्क्राइबर बापत थप रु १० पिडितहरुलाई राहत सहयोग गर्ने जानकारी हाम्रो डिल डटकमले जनाएको छ ।
हाम्रोडिलडटकम ले दश हजार रुपैया रेडक्रसको दैवी प्रकोप समन्वय समितिलाई प्रदान गर्ने घोषणा गरेको छ । आगामी १२ मे सम्म हाम्रोडिल को फेसबुकमा लाइक गरे बापत प्रति लाइक पनि थप रु १० प्रदान गर्ने जानकारी गराएको छ । हालसम्म यस साइटमा फेसबुक लाइकर ६०८० छन् ।
साथै विदेशमा रहनुहुने नेपाली साथिभाइहरुलाई पनि पेपल मार्फत http://goo.gl/taL37।नरितबीघठ लिंकमा राहत सहयोग गर्नको लागि अपिल गरेको जानकारी गराउदै, सम्पूर्ण देशवाशी लाई यस दुःखद घडिमा सक्दो सहयोग गर्न समेत हाम्रोडिलडटकम ले आग्रह गरेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.