Tuesday, May 8, 2012

Additional Flood Descriptionflash flood 2069-1-25 to 1-26 />> (Kaski, Seti River)

मिति २०६९।१।२५ गते ६:०० बजे देखि १।२६ गते  ६:०० बजे सम्मको बिवरण
Additional Flood Descriptionflash flood 2069-1-25 to 1-26 />> (Kaski, Seti River)
मृतकका परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जनही रु. २५,०००।– राहत वितरण:
  • २४ गते खारापानीमा ६ जनालाई 
  • २६ गते ले.न.पा. १३ का ६ जनालाई राहत प्रदान, पोखरा १ को १ जनालाई  र पोखरा ८ को १ जनालाई  राहत वितरण गरिएको ।
अन्य कार्य :
  • नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको उद्दार टोली मूख्य  प्रभावित स्थल सार्दिखोला ७, खारापानीमा नै क्याम्प खडागरी उद्दार कार्यमा जुटी रहेकोमा आज मिति २०६९।१।२६ गते नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरबाट सेनानी सुर्यलाल गिरीको कमाण्डमा थप १७० जनाको  टोली  खटिएको ।
  • मिति २०६९।१।२५ गते ८:४० बजे पोखरा ११ फूलवारी नजिक  सेती नदीको किनारमा अन्दाजी ३०।३२ वर्षको एक पुरुष व्यक्तिको  फेला पारी सो लाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले निकाली प.क्षे. अस्पताल पोखरामा पु–याइएको ।
  • मिति २०६९।१।२६ गते ०६:३० बजे देखि नै सार्दीखोलाको खारापानी घटनास्थलमा ३ वटा स्काभेटर र १ वटा डोजर उत्खनन कार्य शुरु भएको ।
  •  सेती नदी किनारको विभिन्न स्थानहरुमा विहान ६:३० बजे देखिनै सुरक्षाकर्मीले खोजी कार्य शुरु गरेको ।
  • २०६९।१।२६ गते ०८:१५ बजेको समयमा माछापुच्छ्रे गा.वि.स. को सादल, एवाङ, करुवा र जिमिरेवारी इलाकाको वास्तविक स्थिति बुझ्न विभिन्न संघ संस्थाका प्रतिनिधी १३ जना र सुरक्षाकर्मी ७ जना गरी जम्मा २० जनाको टोली सार्दीखोलाबाट प्रस्थान गरेको, सो टोलीमा निम्न अनुसारको प्रतिनिधीत्व रहेको
रेडक्रस               २ जना                       
कान्तिपूर           १ जना
जिल्ला प्रशासन कार्यालय   १ जना
जिल्ला विकास समिति      १ जना
युनिसेफ              ३ जना
युनेस्को              १ जना
जिल्ला पशु सेवा कार्यालय २ जना
वक्स फर्म          १ जना

माछापुच्छ्रे गा.वि.स.
प्रा.सहायक        १ जना
सुरक्षाकर्मी तर्फ :
नेपाल आर्मी        २ जना
नेपाल प्रहरी         ३ जना
सशस्त्र प्रहरी        २ जना
जम्मा:         २० जना
  • अन्दाजी ११:०० बजे सार्दीखोला– १ कस्केरी भन्ने स्थानमा महिलाको  फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात् अ.प्र.पोष्ट सार्दीखोलाको टोली सो स्थान गएको । सो   सार्दीखोला १ भुर्जुङ्ग खोला बस्ने नेत्र बहादुर तामाङकी श्रीमती वर्ष ५१ कि छेसाङ्ग तामाङ्ग भएको भन्ने सनाखत भए अनुसार मुचुल्का समेतको कार्य गरी आफन्तको जिम्मा लगाइएको  ।
  • अन्दाजी ११:३० बजे भरत पोखरी गा.वि.स.१ मसिनाघाटमा टाउको विहीन  फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात् व.प्र.का. गगनगौण्डाको टोली त्यस तर्फ गई   प.क्षे. अस्पताल पोखरामा ल्याइएको ।
  • १२:३० बजेका समयमा उत्खनन कार्यको समयमा घट्नास्थलबाट एउटा टाउको फेला परेको लिङ्ग महिला जस्तो देखिने ।
  • सार्दीखोला १ स्थित कसेरी भन्ने स्थानमा १ जना महिलाको  फेला परेको, उक्त लाई प.क्षे. अस्पताल पोखरामा ल्याइएको  ।
  • १:५५ बजेको समयमा मर्दि र सेतीको दोभानमा अं. ५/७ वर्षको बच्चाको २ वटा हात फेला परेको र गाई ३ वटा मृत अवस्थामा फेला परेको ।
  • मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाइते हरु मध्ये मोहन ताम्राकार र माला ताम्राकार डिस्चार्ज  भएको । हाल मणिपाल शिक्षण अस्पतालमा १ जना मात्र उपचार भईरहेको ।
  •  हाल सम्म वेपत्ता जम्मा ४४ जना भएकोमा आज १ जनाको लास प्राप्त भई सनाखत भएको अब वेपत्ता संख्या ४३ मात्र रहेको ।
  • हालसम्म सनाखत भएको शव संख्या १९, सनाखत हुन बाँकी ७ शव गरि जम्मा  शव संख्या २६ पुगेको                                                                                                                                                  
  • मिति २०६९।१।२६ गते सनाखत भएको शव 
सि.न.
नामथर
उमेर      
लिङ्ग
ठेगाना
कैफियत
छेसाङ तामाङ
५०
महिला
सार्दीखोला
सार्दीखोला ११।२६ गते  फेला परेको सनाखत भईसकेको

  •  हाल अस्पतालमा रहेको सनाखत हुन बाँकी पुरुष ४, महिला २ र लिङ्ग नखुलेको अस्थीपंजर १ गरी जम्मा ७ जना भएको ।  
  • साथै पहिचान नखुलेका अन्य ९ वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेका ।

मिति २०६९।१।२६ गतेको सुरक्षाकर्मी परिचालन
    १)    नेपाली सेनाबाट        २१५ जना
    २)    नेपाल प्रहरीबाट         १९० जना
    ३)    सशस्त्र प्रहरी बलबाट     २०८ जना



मिति : २०६९।१।२६ गते ६:०० बजे       
जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.