Monday, May 21, 2012

Accidents during Nepal bandh in Pokhara

मिति २०६९।२।८ गते आदिवासी जनजाति महासंघ द्धारा आव्हान गरिएको नेपाल वन्दको दोश्रो दिनमा पोखरा उपत्यकामा भएको घटनाहरुको बिवरण


१)१२:०५ बजेको समयमा रामबजारबाट अमरसिंहचोक तिर आईरहेको ग.४.प. ६७२२ नं. को रेडियो वाराहीका संवाददाता राजन उपाध्यायको स्कुटर बन्दकर्ताहरुले तोडफोड गर्दा पछाडिको सिट र सिसा क्षति भएको ।

२) १:४० बजेको समयमा पोखरा – ५ जिरो कि.मी. मा जि.तनहुँ स्याम्घा ८ घर भई हाल पोखरा ५ बस्ने आरती गिरीको ८ महिनाको छोरी पुजा गिरी लाई अखण्ड नेपाल पश्चिमाञ्चल लेखिएको वोर्ड मुनि सुताई राखेको अवस्थामा प्रर्दशनकारीहरुले प्रहार गरेको ढुंगा उछिटिई लाग्दा घाईते भई मेट्रो सिटी अस्पतालमा उपचार
भईरहेको निजको अवस्था मध्यम रहेको साथै सोही स्थानमा प्रर्दशनकारीको ढुंगा लागी पोखरा १३ बस्ने वर्ष २८ को लाल बहादुर गुरुङ्ग सामान्य घाईते भएकोमा निजलाई प.क्षे. अस्पतालमा उपचार गराए
पश्चात डिस्चार्ज भएको ।





३) ३:४५ बजेको समयमा पोखरा ९ पृथ्वीचोकमा प्रर्दशनकारीहरुबाट सुरक्षार्थ खटिएका प्रहरी उपर एक्कासी ढुंगा मुढा प्रहार गर्न थाले पछि प्रहरीले सम्झाई बुझाई गर्दा समेत स्थिति नियन्त्रणमा नआए पछि
प्रहरी द्धारा गरिएको जवाफी कारवाहीमा १३ राउण्ड अश्रु ग्यांस प्रहार गरिएको, सो झडपमा प्रहरी तर्फ सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकमा कार्यरत प्र.ह. कन्या गुरुङ्ग लगायत अन्य ३ जना प्रहरी
घाईते भएका, साथै उक्त घट्नामा १० जना प्रर्दशनकारीहरु घाईते भएको भन्ने बुझिएको ।


४) ४:१० बजेको समयमा पोखरा १० रंगशाला अगाडि नेपाल खानेपानी संस्थानको बा.१.घ. ४३२ नं. को पानी ट्यांकरलाई प्रर्दशनकारीहरुले ढुंगा मुढा प्रहार गरी अगाडिको २ वटा शिसाफुटाई क्षति पु¥याई दिएको । सोही स्थानमा भएको झडपमा परी पोखरा १० बस्ने वर्ष ७६ को श्री प्रसाद गुरुङ्ग सामान्य घाईते भएको ।

जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.